वैज्ञानिकहरु चिकित्सा विज्ञानको नयाँ प्रयोगमा जुटेका छन् । जस अनुसार उनीहरुले भेँडा तथा सुँगरको सरीरमा मानव अंगको विकाश गराउने प्रयास गरिरहेका छन् ।
अमेरिकाको क्यालिफोर्निया तथा मिनिसोटामा यस विषयमा प्रयोगशालामा अनुसन्धान भैरहेको छ । यो प्रयोग सफल भएमा मानव अंग प्रत्यारोपणका लागि मानव अंगको अभाव हट्ने बताइएको छ ।
सुरुमा यो प्रयोग मेरिल्याण्डको नेशनल इन्स्िटच्युट अफ हेल्थमा चलिरहेको थियो । तर पछि बजेटको अभावका कारण त्यहाँ यसको अनुसन्धान रोकियो । अहिले भने विभिन्न दाताहरुको सहयोगमा यस विषयमा नयाँ प्रयोग सुरु भैरहेको छ ।
मानिसको रगत तथा छालाका कोशिकाहरुबाट बनेको स्टेम कोषको सुइ यी जनावरहरुमा लगाएर डिएनएमा परिवर्तन गरी मानव अंग उमार्ने प्रयास वैज्ञानिकहरुले गरेका छन् ।
पशुको सरीरमा मानव कोशिकाबाटै विकशित अंगहरुलाई मानिसमा प्रत्यारोपण गर्दा मानव सरीरको प्रणालीले समायोजन गर्नमा कुनै समस्या हुँदैन । यसबाट मानिसका मुटु, कलेजो जस्ता प्रमुख अंगहरु समेत जनावरको सरीरमा विकशित गर्न सकिने विश्वास वैज्ञानिकहरुको छ ।
No comments:
Post a Comment