गर्भावस्थामा आलु तथा आलुका परिकारहरु धेरै खानाले गर्भवती महिलामा मधुमेहको खतरा बढ्ने एक अनुसन्धानले देखाएको छ । शोधकर्ताहरुले मधुमेहको खतराबाट जोगिनका लागि आलुको साटो सागसब्जी तथा फलफुल र अन्नका परिकार खानका लागि गर्भवतीहरुलाई सल्लाह पनि दिएका छन् ।
अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ तथा हार्वर्ड विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार गर्भावस्थाका बेला हुने समस्याहरुमा मधुमेह अर्थात् रगतमा सुगरको मात्रा बढ्नुु एक प्रमुख समस्याको रुपमा रहने गरेको छ । जसका कारण आमाको रगतमा चिनिको मात्रा बढ्छ र भविष्यमा आमा र बच्चा दुबैका लागि समस्या पैदा गर्न सक्छ ।
शोधकर्ताहरुले सन् १९९१ देखि २००१ सम्म १५ हजार जना महिलामा यस्तो अध्ययन गरेका थिए, जसमा गर्भावस्थाभन्दा पहिले मधुमेह थिएन । तर गर्भावस्थाका बेला आलुको सेवन बढि गर्ने ती स्वस्थ महिलाहरुमा पछि मधुमेह भएको पाइयो । यस सम्बन्धी अध्ययन बिएमजे नामक जर्नलमा छापिएको छ ।
No comments:
Post a Comment