एजेन्सी । कपाल झर्नु आमसमस्या बनिसकेको छ । यो यस्तो समस्या हो, जुन जतिसुकै उमेरको मानिसलाई आइपर्न सक्छ । फेरि यसको समाधान नै नभएको भने होइन, बजारमा कैयन उत्पादनहरु पाइन्छन्, जसले कपाल झर्न रोक्नो तिनीहरुको दावी हुन्छ । तर यस्ता औषधिहरु प्रयोग गर्दा त्यसको साईड इफेक्टको डर हुनेगर्छ । त्यसैले घरेलु तरिका अपनाउनु लाभदायक हुन्छ । कपाल झर्न रोक्नका लागि तपाईंले दैनिक तरकारीमा प्रयोग गर्दै आएको सर्वसुलभ प्याजको प्रयोग गर्न सक्नुहुन्छ । कपाल झर्नबाट रोक्नका लागि प्याजको रस प्रयोग गर्न सकिन्छ । यसले कपाल झर्नमात्रै रोक्दैन, अन्य कैयन फाइदाहरु पनि छन् । प्याजले नेचुरल कण्डिसनरको काम गर्छ । यसको नियमित प्रयोगले कपालको चमक पनि बढ्दछ । प्याजमा पर्याप्तमात्रामा सल्फर पाइन्छ, जुन ब्लड सर्कुलेसन बढाउन काम आउँछ । साथै प्याज चायाँ हटाउन पनि काम आउँछ । यसो भन्दैमा तपाईंले मनलाग्दी प्रयोग गर्न सक्नुहुन्न, त्यसका लागि सही तरिका अपनाउनु जरुरी हुन्छ । हामी तपाईंलाई तीनवटा तरिका सिकाउँदैछौं । १. प्याजको रस र मह यदि तपाईं कपाल झर्ने र चायाँको समस्याबाट पीडित हुनुहुन्छ भने प्याजको रसमा मह मिसाएर लगाउनु फाइदाजनक हुन्छ । यसले चायाँ हटाउनेमत्रै नभएर कपालको जरालाई मजबुद् बनाउँछ र कपाल छिटो बढ्न पनि सहयोग गर्छ । यो विधिमा तपाईंले प्याजको रस र महलाई बराबरमात्रामा मिलाउनुस् । यस मिश्रणलाई एक घण्टा यत्तिकै रहन दिनुस् । त्यसपछि त्यसलाई लगाउनुस् । त्यसको केही समयपछि मनतातो पानीले पखाल्नुस् । 2. प्याजको रस र बदामको तेल बदामको तेलमा कैयन यस्ता तत्व पाईन्छन्, जसले कपाल झर्ने समस्या हटाउन सहयोग गर्छ । यसको प्रयोगबाट कपाल थप बाक्लो, मुलायम र चमकदार बन्दछ । बदामको तेल उपलब्ध नभए नरिवलको तेल पनि विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । ३. तातो पानीमा प्याजको रस मिसाएर तातो पानीमा प्याजको रस मिसाएर लगाउनु पनि कपालका लागि फाइदाजनक हुन्छ । यसले कपाललाई स्वस्थ र बाक्लो बनाउन सहयोग गर्दछ ।
Saturday, February 6, 2016
कपाल झर्ने समस्याले चिन्तित हुनुहुन्छ ? प्याज तपाईंको काम आउँछ (प्रयोग विधिसहित

Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment