अमेरिकी राष्ट्रपति बाराक ओबामा जब हतोत्साहित महसूस गर्छन्, त्यस्तो बेला सहारा लिने बुद्धको मूर्ति पनि पर्छ ।
यू ट्युबको लोकप्रिय च्यानललाई लिएको अन्तरवार्तामा ओबामालाई आफ्नो घर अथवा व्हाइट हाउसबाट यस्तो बस्तु ल्याउन भनिएको थियो, जुन उनका लागि निकै महत्वपूर्ण छ ।
अन्तरवार्ताका क्रममा जब यो सोधियो, ओबामाले आफ्नो खल्तीमा हात हाले र पाँच चिज निकाले । जसमा एउटा सानो बुद्ध र हनुमानको मूर्ति पनि थियो ।
भिडियो
भिडियो
यो पाँच चिजले आफूलाई व्हाइट हाउससम्प पुग्ने आफ्नो अभियान र त्यस क्रममा भेटिएका मानिसहरुको अपेक्षा याद गराउने ओबामाले बताएका छन् । उनका अनुसार अमेरिकाको राष्ट्रपति बन्ने क्रममा आफूले भेटेका धेरै मानिसहरुले दिएको बस्तुहरु उनले एक भाँडोमा राखेका छन् । जस मध्ये पाँचलाई उनले अन्तरवार्ताका क्रममा लिएर आएका थिए ।
बुद्धको मूर्ति एक भिक्षुले दिएको उनले बताए । हनुमानको मूर्ति भने एक महिलाले उनलाई दिएका रहेछिन् ।
उनले भने, म यी चिजहरुलाई कुनै अन्धविश्वास जसरी खल्तीमा बोकेर हिँडेको छैन । यसले मलाई यात्राका क्रममा भेटिएका धेरै मानिसलाई याद दिलाउनेछ र उनीहरुको सपना र कथा याद दिलाउँछ ।
No comments:
Post a Comment