‘रहस्यमय देश’ अर्थात् उत्तर कोरियाका सम्बन्धमा यस्ता थुप्रै रहस्य छन्, जुन उद्घाटित हुन बाँकी नै छन् । यही रहस्यमय देशले हालै हाइट्रोजन बम परीक्षण गरेर विश्वमा नयाँ तरंग पैदा गर्यो । हाइट्रोजन बम परीक्षणको आदेश दिँदै तानाशाह किम जोङ उनले भनेका थिए– ‘अंग्रेजी नयाँ वर्ष २०१६ लाई धूमधामका साथ स्वागत गर । भव्य विस्फोटसहित विश्वलाई चकित तुल्याइदेऊ । विश्वले देखोस् कि हामीसँग कति शक्ति छ र
दुस्खको कुरा, त्यही ‘शक्ति’का पछाडि उसको कुरूप तस्बिर छ । कतिले यसो पनि भन्ने गरेका छन् कि, उत्तर कोरियाका केही क्षेत्रका मानिस यति गरिब छन् कि उनीहरू घाँस खान्छन् ।
केही समयअघि एक फोटोग्राफरले उत्तर कोरियाका केही कुरूप तस्बिर बाहिर ल्याएका थिए । ती फोटोग्राफरले खिचेका तस्बिरहरू त्यतबेला स्थानीय प्रशासनले डिलिट गर्न लगाएको थियो । भाग्यवश उनको क्यामेराको मेमोरीमा केही यस्ता तस्बिर बाँकी रहे, जसले उत्तर कोरियाको वास्तविक तस्बिर छर्लङ्ग पाथ्र्यो । उक्त तस्बिरले शक्तिशाली उत्तर कोरियालाई ‘गरिब र कमजोर’ देखाएको थियो ।
अनौठो छ देश
उत्तर कोरियाका सम्बन्धमा त्यति धेरै खुलासा भएको छैन । कमैले मात्र यो देशलाई जान्दछन् किनभने कम्युनिष्ट तानाशाही शासन भएको उत्तर कोरियामा जो–कोहीलाई प्रवेश गर्ने अनुमति छैन । उत्तर कोरियाले आफ्ना सम्बन्धमा बढाइचढाइ तस्बिर सार्वजनिक गर्ने गरेको छ ।
त्यहाँका मानिस कतिपय आधारभूत सेवा–सुविधाबाट वञ्चित छन् । कतिसम्म भने उनीहरूले पढ्नका लागि पत्रिकासमेत सहज रूपमा पाउँदैनन् । बस स्ट्यान्ड तथा रेल्वे स्टेसनमा मात्र पत्रिका राखिएको हुन्छ, पढ्न चाहनेहरूले त्यही पुग्नुपर्छ ।
उत्तर कोरियाको आफ्नो छुट्टै क्यालेन्डर छ । वर्षको गणना संस्थापक नेता किम इल सुङको जन्मदिन १५ अप्रिल १९१२ बाट हुन्छ । हरेक पाँच वर्षमा त्यहाँ चुनाव हुन्छ यद्यपि त्यसमा कुनै विकल्प हँुदैन । त्यसैले कम्युनिष्ट तानाशाहलाई नै शतप्रतिशत मत प्राप्त हुन्छ । कम्युनिष्ट तानाशाहकै नियम सर्वोच्च मानिन्छ ।
एउटा छुट्टै रहस्य
त्यसो त उत्तर कोरियाले १९८५ मा परमाणु अप्रसार सन्धिमा मन्जुरी दिएको थियो । यसअनुसार उसले सक्रियपूर्वक आणविक हतियार विकास गर्न पाउँदैन, तर अहिले उत्तर कोरियाले उक्त सम्झौताको धज्जी उडाउँदै ‘शक्ति प्रदर्शन’ गरेको छ ।
कुनै समय पाकिस्तानले उत्तर कोरियालाई आणविक बम बनाउन सहयोग गरेको थियो । पाकिस्तानका परमाणु वैज्ञानिक अब्दुल कादिर खानले गोपनीयताका बाबजुद उत्तर कोरियासँग मिसाइल प्रविधिको लेनदेन गरेका थिए । त्यसमा युरेनियमलाई थप शक्तिशाली बनाउने विधि पनि सामेल थियो ।
उत्तर कोरियाका एक वरिष्ठ सैनिक अधिकारीले १९९८ मा खानलाई एउटा चिठी पठाएका थिए, जसमा उनलाई परमाणु प्रविधिबापत भारु ३० लाख दिने कुरा उल्लेख थियो । वैज्ञानिक खानले टेलिभिजन च्यानलमार्फत ‘उक्त प्रविधि आफूले बिक्री गरेको र त्यसमा पाकिस्तानको कुनै हात नभएको’ रहस्योद्घाटन गरेका थिए । त्यसपछि तत्कालीन राष्ट्रपति परवेज मुसर्रफले २००४ मा उनलाई माफी दिएका थिए ।
कहिले–कहाँ परीक्षण रु
उत्तर कोरियाको स्थानीय टेलिभिजनअनुसार अघिल्लो बुधबार स्थानीय समयअनुसार बिहान १० बजे पुन्गेय रीमा हाइड्रोजन वम परीक्षण गरियो ।
यसअघि त्यहाँ आणविक परीक्षण पनि भएको थियो ।
अमेरिकी भूगर्भ विभागको सर्वेक्षणअनुसार हाइड्रोजन बमको परीक्षणका कारण बुधबार बिहान भूकम्प गयो जसको तिव्रता ५ दशमलव १ रेक्टर थियो ।
जापान सरकारका प्रवक्ताका अनुसार ‘पछिल्लो समय उत्तर कोरियामा जुन भूकम्प गयो, त्यो परीक्षणकै कारण भएको हो ।’ चीनले पनि यही आशंका गरेको छ ।
उत्तर कोरियाले उक्त आणविक र हाइड्रोजन वम यांगयोन न्युक्लियर रिसर्च सेन्टरमा बनाएको थियो । यसलाई उत्तर कोरिया र रूस बीच सन् १९५० मा भएको सम्झौताअनुसार १९६४ मा बनाइएको थियो । हाइड्रोजन बममा हाइड्रोजन र परमाणुको फ्युजन हुन्छ । त्यसैले यसलाई हाइड्रोजन बम भनिन्छ ।
के हुन्छ हाइड्रोजन बममा
हाइड्रोजन बम परमाणु बमभन्दा हजार गुना बढी शक्तिशाली हुन्छ । आकारका हिसाबले यो परमाणु बमभन्दा सानो हुन्छ । यसलाई मिसाइलमा प्रयोग गर्न सजिलो हुन्छ ।
कुन कुन देशसँग छ हाइड्रोजन बम
१९५२ मा अमेरिकाले पहिलो पटक हाइड्रोजन बम बनाएको थियो ।
रूस, ब्रिटेन, चीन तथा फ्रान्ससँग पनि हाइड्रोजन बम छ ।
अहिले यो दौडमा उत्तर कोरिया पनि सामेल भएको छ ।
अहिलेसम्म हाइड्रोजन बमको प्रयोग भएको छैन । हिरोसिमा र नागासाकीमा परमाणु बम प्रयोग गरिएको थियो ।

No comments:
Post a Comment