Thursday, January 21, 2016

नेपाल सुन्दर र सुरक्षित छ, निर्धक्क साथ घुम्नुस् (हेर्नुस १५ तस्वीर)

Nepal
५ माघ, काठमाडौं । गत वैशाखमा नेपालमा ठूलो भुकम्प आएपछि धेरै विदेशीहरुलाई परेको छ, अब नेपाल जानै सकिँदैन ।
क्षतिको परिमाणभन्दा धेरै ठूलो प्रचारवाजी हुँदा विदेशी पर्यटक नेपाल आउन डराएका छन् । फलस्वरुप नेपालको पर्यटन व्यवसाय यो वर्ष धराशयी अवस्थामा छ ।
हालै नेसनल जियोग्राफीक ट्राभलर म्यागजिनले सन् २०१६ मा घुम्नका लागि विश्वका उत्कृष्ट गन्तव्यका सुचीमा नेपाललाई छैटौं स्थानमा राख्यो । यसबाट पर्यटन व्यवसायमा मडारिएको कालो बादल उघ्रिने आशा पलाएको छ ।
नेपाल अझै पनि भ्रमणका लागि उत्तिकै लोभलाग्दो र सुरक्षित छ भन्ने सन्देश एक विदेशी पर्यटक ज्याङ होआङले प्रवाह गरेका छन् । उनले एउटा वेवसाइटमा नेपालका सुन्दर दृष्यावलीहरुको तस्बिर पोस्ट गर्दै सन् २०१६ मा नेपाल भ्रमण गर्न सबैलाई सुझाव दिएका छन् ।
आफूले भुकम्प अघि,भूकम्पको बेला र  पछि पनि नेपाल भ्रमण गरेको भन्दै उनले लेखेका छन्-‘तपाईं पनि निर्धक्क भएर नेपाल जानुस, प्रकृतिले पर्खिरहेको छ ।’
उनले आफू फेरि नेपाल जाने उल्लेख गर्दै अरुलाई पनि प्रेरणा दिने प्रयास गरेका छन् ।
  • जब म नेपाल जान्छु, म स्वतन्त्रताको अनुभूति गर्न सक्छु, प्रकृतिलाई छुन सक्छु

यति सुन्दर पहाडहरु देख्न सक्छु, जून वास्तविक हुन् भनेर पत्याउन पनि कठिन पर्छ
  • यति सुन्दर पहाडहरु देख्न सक्छु, जून वास्तविक हुन् भनेर पत्याउन पनि कठिन पर्छ

Everest-1
  • आफ्नो दैनिक रुटिनबाट विश्राम लिन र आफूलाई अन्तरहृदयबाट नियाल्न सक्छ

    नेपालका प्रत्येक मौसमको बेग्लै स्वाद लिन सक्छु

  • नेपालका प्रत्येक मौसमको बेग्लै स्वाद लिन सक्छु

  • खोलाको कलकल आवाजले मनमा हलचल हुन्छ

  • सुर्यास्तका बेला फेवा तालको चित्ताकर्षक सौन्दर्यको मजा लिन सक्छु

    यहाँ हिउँ पग्लिएर बन्ने पानी पिउन सकिन्छ
  • यहाँ हिउँ पग्लिएर बन्ने पानी पिउन सकिन्छ

    Nepal-6

सबैभन्दा सुरक्षित र अति सुन्दर पदमार्गहरु नेपालमा छन्
  • सबैभन्दा सुरक्षित र अति सुन्दर पदमार्गहरु नेपालमा छन्

  • आफ्नो हनिमुनलाई स्मरणीय बनाउनका लागि उपयुक्त स्थान, हेर्नुस यो जोडीले कसरी मज्जा लुटिरहेको छ ।

    Traking-rute-1

  • अवरुद्ध रहेका ट्रेकिङ रुटहरु फेरि सुचारु हुँदैछन् र आत्मबल उच्च रहेका नेपालीहरु दह्रोसित खुट्टा टेक्दैछन् ।

     नेपालीहरुको अर्थतन्त्रको मुख्य आधार नै पर्यटन हो, यसमा मन्दी आउँदा उनीहरु समस्यामा परेका छन् ।

  • नेपालीहरुको अर्थतन्त्रको मुख्य आधार नै पर्यटन हो, यसमा मन्दी आउँदा उनीहरु समस्यामा परेका छन् ।

    Nepal-Visit

मलाई पक्का विश्वास छ कि तपाईं नेपाल जानुभयो भने सकारात्मक छाप लिएर मात्रै फर्किनुहुनेछ ।
  • मलाई पक्का विश्वास छ कि तपाईं नेपाल जानुभयो भने सकारात्मक छाप लिएर मात्रै फर्किनुहुनेछ ।

- See more at: http://www.onlinekhabar.com

No comments:

Post a Comment