यदि तपाइँ पनि महिला हुनुहुन्छ र उमेर २० वर्षको भएको छ भने सायद तपाइँलाई पनि पटक पटक केही प्रश्नहरु सोधिन थालेका छन् होला, जसको जवाफ दिन तपाइँलाई मन लाग्दैन । यस्ता प्रश्नहरु स्कुल, कलेजमा कम तर छिमेकी र नातेदारहरुबाट बढि सोध्ने गरिएको महसुस तपाइँले गर्नुभएको छ होला ।
कहिलेकाहीँ त तपाइँले मुस्कुराउँदै त्यस्ता प्रश्नको जवाफ पनि दिनुहुन्छ होला तर कहिलेकाहीँ यस्ता सवाल सुन्दैमा दिक्क लाग्छ र सोँच्नुहुन्छ, यो मानिससँग किन भेट भयो होला ?
वैशालु उमेरमा हिँडिरहेका २० वर्षे युवतीलाई छिमेकी तथा आफन्तले प्राय सोध्ने प्रश्नहरु यस्ता छन्:
· अझै कति पढ्ने विचार छ तिम्रो ?
· अझै कति पढ्ने विचार छ तिम्रो ?
· विवाहको बारेमा के सोँचिरहेकी छौ ? अब त तिम्रो बिहे गर्ने उमेर पनि भयो ।
· आफ्नो लागि खर्च गर्ने पैसा आफै कमाउन थाल्यौ की अझै बुवाआमासँगै माग्ने गर्छौ ?
· तिमीले जिवनमा के गर्न चाहन्छौ ?
· आजकल तिमीसँग हिँडिरहेको, बोलिरहेको केटा तिम्रो ब्वायफ्रेण्ड हो ?
· के तिमिीलाई खाना बनाउन आउँछ ? यदि दालभात पकाउन आउँदैन भने अझै समय छ सिक । होइन भने कर्मघरमा गाह्रो हुन्छ ।
· के आफुले चाहेको केटा अझै भेटिएको छैन ? कस्तो केटा खोजेकी ?
· अब यी बच्चा जस्ता कपडा लगाउन छाड । कस्तो कपडा तिमिलाई मन पर्छ ?
· अझै बिहे बारेमा मन नै गर्दैनौ, के तिमी हिजडा हौ ?
· फेसबुकमा हरेक दिन कतिघण्टा बिताउँछौ ? हरेक दिन नयाँ नयाँ फोटो हालेकी हुन्छौ ।
No comments:
Post a Comment