Monday, January 18, 2016

इन्स्टाग्राममा छाइन् अज्ञात योग गर्ल

तस्बिर सेयर गर्ने सोसल वेबसाइट इन्टाग्रामको स्पष्ट नीति नै छ– अश्लील तस्बिर अपलोड गर्न पाइनेछैन। यसलाई उल्लंघन गरेको अवस्थामा उक्त एकाउन्टको इन्स्टाग्राम ब्लक गरिन्छ । यद्यपि केही समययता इन्स्टाग्रामको यो नीतिलाई चुनौती दिँदै एउटी युवतीले नग्न तस्बिर अपलोड गरेकी छिन् । रोचक कुरा, उक्त तस्बिर पोस्ट गर्ने युवतीको प्रोफाइल ब्लक भएको छैन । किन ? 
सम्भवत: ती युवतीका तस्बिरलाई अश्लील मान्ने कि नमान्ने भन्ने कुरामा अन्यौल छ किनभने त्यसमा उनी विभिन्न योगआसन मुद्रामा छिन् । चलाखीपूर्ण ढंगले उनले तस्बिरमा नग्न कम र कलात्मकताको रंग बढी पोतेकी छिन् । त्यसैले यसलाई अश्लीलको कोटीमा राखिएको छैन । यी सबै तस्बिर ब्ल्याक एन्ड ह्वाइट छन् । अर्को रमाइलो कुरा के छ भने इन्स्टग्राममा सबैभन्दा बढी हेरिएको तस्बिरमा यसले कीर्तिमान बनाएको छ । 
हफ पोस्टले योग गर्ने ती युवतीका सम्बन्धमा ‘इन्स्टग्राममार्फत मानिसलाई स्वास्थ्यप्रति जागरूक’ बनाएको भनेर प्रशंसा गरेको छ । उनको योगासन यति सहज छ कि मानिसहरूले त्यसलाई सजिलै अनुसरण गर्न सक्छन् । उनका सबै तस्बिरमा आत्मविश्वास झल्कन्छ । तस्बिरको मुनि उनले क्याप्सन पनि राखेकी छिन् । मानिसलाई योग गर्न आफूले प्रेरित गरेको उनको भनाइ छ । 
न्युयोर्क म्यागजिनले ती युवतीका सम्बन्धमा लेखेको छ–‘अहिलेको समयमा फिटनेस सबैभन्दा ठूलो ट्रेन्ड भएको छ र जुन युवतीले यो तस्बिर अपलोड गरिन्, उनी एकदमै प्रतिभाशाली मोडल तथा फोटोग्राफर हुन् ।’ पत्रिकाले युवतीको भनाइ उद्धृत गर्दै ‘नग्न योगले मलाई स्वतन्त्रताको भावना पलाउँछ’ लेखेको छ । उनले थपेकी छिन्– ‘योगले मलाई यो कुरा सिकाएको छ कि, आफू भित्री रूपमा जस्तो छौ, त्यस्तै स्वीकार गर । म भित्री रूपमा जस्तो छु, बाहिर पनि त्यस्तै हुनुपर्छ भन्ने कुरा योगले नै मलाई सिकाएको हो । संसारमा कुनै पनि व्यक्ति कसैसँग तुलना हुन सक्दैन । जब म योग र ध्यानमा हुन्छु, तब कसैका सम्वन्धमा सोच्दिनँ ।’ 
ब्ल्याक एन्ड ह्वाइट तस्बिरलाई पनि उनले अर्थपूर्ण ढंगले व्याख्या गरेकी छिन् । उनको भनाइअनुसार त्यस किसिमको तस्बिरमा छायाँको उपयोग कलात्मक तरिकाले गरिएको छ । आखिर जे भए पनि यी युवतीलाई उक्त तस्बिरले रातारात स्टार बनाइदियो । युवती २५ वर्षकी हुन् र उनले १० वर्ष यता नियमित योग अभ्यास गरिरहेकी छिन् । केही वर्षदेखि उनले नियमित योग गर्न थालेकी छिन् । इन्स्टाग्राममा उनलाई फलो गर्नेहरूको संख्या लाखौंमा छ । 
योग गर्लले भनेकी छिन्– ‘पहिले मलाई आफ्नो शरीरप्रति उति प्रेम थिएन, जति योग गर्न सुरु गरेदेखि महसुुस भएको छ । तपाईं कस्तो देखिनुहुन्छ, त्यो कुरा त्यति महत्त्वपूर्ण होइन बरु महत्त्वपूर्ण त के छ भने तपाईं कस्तो हुनुहुन्छ र आफूलाई कुन रूपमा स्वीकार गर्नुहुन्छ । कसैले अर्काको गल्ती देख्न सक्छन् र विशेषता पनि देख्न सक्छन् । ठूलो कुरा यो हो कि, तपार्इं के देख्न सक्नुहुन्छ र के मन पराउनुहुन्छ ?’ 
उनका यी सबै तस्बिर आफ्नो ब्वाइफ्रेन्डले खिचेको बताएकी छिन् । यसलाई कलात्मक ढंगले खिचिएकाले भड्किलो र अश्लील नदेखिएको उनको दाबी छ । आफ्नो अनुहारमा भावभङ्गीका साथ सहज रूपमा योग गरेको ती युवतीले बताएकी छिन् ।


No comments:

Post a Comment