Friday, January 8, 2016

विश्वलाई सँधै चकित पार्ने समाचार दिने को हुन् यी समाचार प्रस्तोता

north-korea-nuke_wide-07dea891ded68ebb8b6bd56f7ed04be96fab32a2-660x330
प्योङ्याङ – जब जब उत्तर कोरियाले विश्वलाई नै चकित बनाउने र विवादास्पद समाचार दिने गर्छ, टेलिभिजनमा यी महिला टेलिभिजन समाचारवाचिका उपस्थित हुन्छिन् । पछिल्लो समय उत्तर कोरियाले हाइड्रोजन बम सफलतापूर्वक परिक्षण गरेको समाचार पनि यिनै समाचार प्रस्तोताले दिइन् । यी चर्चित समाचारवाचिका हुन्, रि चुन–ही ।
बुधबार उनी सदा झैं कोरियाको राष्ट्रिय पोसाक चिमा जियोगोरी लगाएर टेलिभिजनमा प्रस्तुत भइन् । कोरियन सेन्ट्रल टेलिभिजनमा उनले दर्शकहरुलाई आफू महत्वपूर्ण समाचार लिएर आएको बताउँदै केही क्षणमा नै त्यसलाई प्रस्तुत गर्ने बताइन् ।
त्यसपछि निकै उत्सुकता र गर्वका साथ उनले उत्तर कोरियाको पछिल्लो सफलताले पूरै विश्वले अब शक्तिशाली आणविक राष्ट्रलाई हर्ने बताइन् । उनले कोरियाली जनतालाई आफ्नो देशले पहिलो हाइड्रोजन बमको सफल परिक्षण गरेको समाचार सुनाउँदै थिइन्
सन् १९४३ मा जन्मिएकी यी समाचार प्रस्तोताले शुरुमा नायिका बन्ने प्रशिक्षण लिएकी थिइन् । उनी सन् १९७१ मा पहिलो पटक कोरियाको एक मात्र टेलिभिजन च्यानलमा देखिइन् ।
कोरियामा ‘जनताको प्रस्तोता’ भनेर चिनिने उनी विगत ४० वर्षदेखि समाचार वाचन गरिरहेकी छिन् । उनको समाचार वाचन गर्दा प्रस्तुत गर्ने नाटकीय हाउभाउले उनलाई विश्वमै चर्चित बनाएको छ ।
पछिल्लो समय टेलिभिजनबाट टाढा रहेकी रि चुन–हीले धेरै महत्वपूर्ण समाचार सुनाएकी छिन्, जसले गर्दा उनमाथि विश्वकै ध्यान पुग्यो । उनले सन् १९९४ मा रुँदै उत्तर कोरियाली नेता किम सुङको निधनको समाचार वाचन गरेको होस् या सन् २०१० मा उत्तर र दक्षिण कोरियाबीच बढेको तनाव होस् या सन् २०११ मा किम जोङको निधनको समाचार, यसले उनलाई टेलिभिजनमा स्थापित गरायो ।
सन् २०१२ मा ६९ वर्षको उमेरमा सिसिटिभीलाई अन्तर्वार्ता दिँदै उनले आफू टेलिभिजनको पर्दाबाट विदा लिन तयार रहेको बताएकी थिइन् । ‘आज धेरै महिला प्रस्तोताहरु युवा र सुन्दर छन् । उनीहरु टेलिभिजनको पर्दामा उपस्थित हुन मभन्दा योग्य छन्,’ उनले भनेकी थिइन् । त्यतिबेला चिनियाँ समाचार संस्थाले उनले दर्शकलाई लोभाउने आफ्नो शैली पनि सिकाएकी थिइन् ।
इन्टरनेटको विकास भएपछि उनी झन् चर्चा पुगिन् । उनको कतै खिल्ली उडाइयो भने कतै भाइरल बनिन् । सन् २०१० मा उनी चीनमा चर्चाको शिखरमा थिइन् ।
- See more at: http://www.ratopati.com

No comments:

Post a Comment