हालै एउटा किताब सार्वजनिक भएको छ, जसको नाम हो लोन्ली प्लानेट्स कोल्ड ट्वाइलेट्स । यो किताबमा दुनियाका यस्ता यस्ता ट्वाइलेटका तस्वीरहरु संग्रहित गरिएको छ जो दुनियामै सबैभन्दा विचित्र छन् ।
यो हो ट्युनिसियामा बनाइएको एक ट्वाइलेट ब्लक । यसको भित्र एउटा यस्तो रंगीत खाडल समेत बनाइएको छ, जसमा पर्यटकले पैसाका सिक्का पनि हाल्न सक्दछन् ।
यो हो अन्तरीक्षयात्रीले अन्तरीक्षयानभित्र प्रयोग गर्ने शौचालय । यो ट्वाइलेटमा यस्तो सक्सन पम्प हुन्छ जसले अन्तरीक्षयात्रीको मलद्धारबाट दिसा तथा यौनांगबाट पिसाब सोसेर लिन्छ ।
अन्तरीषमा गुरुत्वाकर्षण नहुने र सबै चिज उड्ने भएको हुँदा दिसा पिसाब पनि नउडोस् भन्नका लागि यस्तो सक्सन पम्प बनाइएको हुन्छ ।
यो हो जर्मनीको बर्लिनस्थित सोनी सेन्टरमा बनाइएको ट्वाइलेट
न्युजिल्याण्डको रोटुरामा बनाइएको रेडवुड्स ट्वाइलेट । जंगलको बीचमा यस्तो तरिकाले बनाइएका ट्वाइलेटहरु रुखजस्तै देखिन्छन् ।
क्यानडाको हायडा ग्वाइमा एउटा यस्तो ट्वाइलेट छ जसको फ्लस चन्द्रमाको गुरुत्वाकर्षणको शक्तिबाट चल्दछ । यसले दिनको दुइपटक मात्र काम गर्दछ ।
अलास्काको चेना हट स्प्रिग्समा बनाइएको यो ट्वाइलेट हिउँको बीचमा छ । बाहिरबाट देख्दा सामान्य देखिएपनि यो भित्र निकै सुविधासम्पन्न रहेको छ ।
फिनल्याण्डको नर्डकलटडेनमा रहेको ट्वाइलेट । काठको घरजस्तो देखिने यो ट्वाइलेट पदयात्रामा गएका पर्यटकले प्रयोग गर्ने गर्छन् । ब्राजिलको जेरिको आकोआरामा खजूरका रुखको पातबाट बनाइएको ट्वाइलेट ।
कहिल्यै ट्वाइलेटको फोहोरा हुन्छ भन्ने सुन्नुभएको छ ? चीनको फोसानमा एउटा यस्तै ठाउँ छ जहाँ ट्वाइलेटका बिग्रेका कमोटलाई एकसाथ राखेर फोहोरा तयार पारिएको छ । अस्ट्रेलियाको वेटपिंगामा रहेको हरित वातावरणमैत्री ट्वाइलेट ।
No comments:
Post a Comment