Sunday, March 20, 2016

गर्भवती महिलाले खानैपर्ने खानेकुरा

pregnent_ea
गर्भावस्थाको बेला महिलालाई विभिन्न खाले पोषक तत्वको आवश्यकता पर्दछ । गर्भमा हुर्किरहेको शिशुलाई आमाबाटै पोषण तथा आहारा प्राप्त हुन्छ ।
आमाले खाने कुराले नै गर्भको भ्रुणको विकाशमा सहयोग गर्दछ । गर्भको शिशुको विकासका लागि क्याल्सियम निकै महत्वपूर्ण हुन्छ । हरेक गर्भवती महिलाले आफ्नो तथा गर्भको शिशुको स्वास्थ्य तथा विकाशका लागि खानैपर्ने खानेकुराहरु यी हुन्:

कम फ्याटयुक्त दुग्ध सामाग्री
कम फ्याटयुक्त दुग्ध प्रडक्टहरुलाई क्याल्सियमको राम्रो श्रोत मानिन्छ । गर्भवती महिलाले हप्तामा कम्तिमा दुइ पटक पनीर वा चिज खानु लाभदायक हुन्छ ।

बदाम
गर्भमा रहेको शिशुको हड्डी, दाँत तथा स्नायुहरुको विकाशमा बदामले मद्धत गर्दछ । यसले गर्भवती आमालाई पनि पर्याप्त प्रोटिनको आपूर्ति गर्दछ ।

माछा
गर्भवती महिलाहरुले नियमित रुपमा माछामासु सेवन गर्नु लाभदायक हुन्छ । यसले भ्रुणको विकाशमा सहयोग पुग्दछ र आमा तथा बच्चाको रोग प्रतिरोधी क्षमता पनि बढाउँदछ । तर माछा सेवन गर्नुभन्दा पहिले गर्भवती महिलाले सुरुमा डाक्टरसँग परामर्श भने लिनुपर्छ ।

तिल
तिल पनि क्याल्सियमको राम्रो श्रोत हो । त्यसैले तिलको सेवन पनि गर्भवती महिलाको लागि लाभदायक हुन्छ ।

पालुंगो
पालुंगो तथा ब्रोकाउली जस्ता हरियो सागपातमा प्रसस्त क्याल्सियम पाइन्छ । यसले बच्चाको छाला, हड्डी तथा मस्तिष्कको विकाशमा पनि सहयोग पूराउँदछ । त्यसैले दिनमा कम्तिमा एक पटक हरियो सागपातको सेवन गर्नैपर्छ ।

No comments:

Post a Comment