३०-४० वर्षको उमेरमा पर्याप्त शारीरिक व्यायाम नगर्ने मानिसहरुको मस्तिष्कको आकार खुम्चिने एक अध्ययनले देखाएको छ । यसबाट के तथ्य पत्ता लागेको छ भने पर्याप्त व्यायाम गर्नाले केवल वजन सन्तुलन र मुटु तथा रगत सम्बन्धी रोगबाट बचिने मात्र होइन अल्जाइमर तथा डिमेन्सिया जस्ता मानसिक समस्याबाट पनि बचिन्छ ।
शोधकर्ताका अनुसार तिस र तथा चालिसको दशकको उमेरमा प्रसस्त व्यायाम नगर्ने मानिसहरुको मस्तिष्क त्यसको बीस वर्षपछि सामान्य मानिसको भन्दा खुम्चिएर सानो आकारको भएको हुन्छ ।
अमेरिकाको बोस्टोन युनिभर्सिटी स्कुल अफ मेडिसिनका शोधकर्ता डाक्टर निकोल स्पार्टानोका अनुसार व्यायामको अभावमा मस्तिष्क छिटो बुढो हुन्छ ।
त्यसक्रममा शोधकर्ताले १५८३ जना मानिसलाई सहभागी बनाएका थिए । डिमेन्सिया तथा मुटुको रोग समेत नभएका ४० वर्ष उमेरका ती व्यक्तिहरुको व्यायामको दरको अध्ययन गरियो । उनीहरुमा २० वर्षपछि पुनः परीक्षण गरियो र त्यसक्रममा उनीहरुको मस्तिष्कको स्क्यान पनि गरियो ।
त्यसक्रममा के पाइयो भने ३० तथा ४० वर्षको उमेरमा कम दरमा व्यायाम गर्ने मानिसहरुको मस्तिष्कको आकार बढि व्यायाम गर्नेको भन्दा सानो थियो ।
न्युरोलोजी जर्नलमा छापिएको शोध अनुसार व्यायामका क्रममा रक्तचाप तथा मुटुको दर उच्च रुपमा बढ्ने मानिसहरुको पनि मस्तिकको आकार साँघुरिएको पाइएको छ ।
शोधकर्ता स्पार्टानोका अनुसार शारीरिक तन्दुरुस्तीको अवस्था कमजोर भएका मानिसहरुमा सामान्य व्यायाम गर्दा समेत रक्तचाप तथा मुटुको दर निकै तिव्र हुने गरेको छ । त्यस्तैले त्यस्ता मानिसले बढि नै व्यायाम गरेपनि शारीरिक रुपमा तन्दुरुस्त नहोउन्जेल त्यसले मस्तिष्कको विकाशमा योगदान गर्दैन ।
No comments:
Post a Comment