Thursday, February 4, 2016

१९ औँ सताब्दीमा यसरी गरिन्थ्यो शल्यक्रिया, यस्ता छन् भयानक तस्वीरहरु

salyakriya (3)
चिकित्सा क्षेत्रमा अहिले निकै प्रगति भैसकेको छ । चिरफार अर्थात् शल्यक्रिया पद्धति पनि सरल, सहज तथा कम विभत्स हुने गरेको छ । विरामीलाई लठ्ठाएर क्षणभरमै निकै सुक्ष्म तरिकाले वा जिउमा ठूलो घाउ नै नपारिकन डाक्टरहरुले सरीरभित्रको निकै ठूलो तथा जटिल शल्यक्रिया समेत सम्पन्न गर्छन् ।
तर आजभन्दा दुइसय वर्ष अघि अवस्था यस्तो थिएन । बेहोस नपारीकन वा नलठ्याइकन शल्यक्रिया गर्ने कुरा अहिले सोँच्न पनि सकिन्न । तर त्यतिबेला शल्यक्रिया गर्दा एनेस्थेसियाको प्रयोग सुरु भैसकेको थिएन । शल्यक्रिया गर्दा एनेस्थेसियाको प्रयोग पहिलोपटक सन् १८४६ मा भएको हो ।
उतिबेलाशल्यक्रिया गर्दा प्रयोग गरिने औजार पनि आजभोलि जस्तो अत्याधुनिक थिएनन् । सानोतिनो शल्यक्रिया गर्दा समेत विरामीलाई धेरै पीडा दिएर, रगतको खोलो बगाएर तथा निकै ठूलो घाउ बनाएर शल्यक्रिया गरिन्थ्यो । शल्यक्रिया गर्दाको पीडाका कारण, धेरै रगत बगेका कारण तथा घाउ सन्चो नहुँदाका कारणले धेरैको ज्यान जाने गथ्र्यो त्यतिबेला ।
१७ औँ, १८ औँ तथा १९ औँ सताब्दीका शल्यक्रियाका निकै दुर्लभ तस्वीर संग्रहित अत्यन्तै दुर्लभ पुस्तकहरु संकलन गरेर चिकित्सा विज्ञानको इतिहासका अध्येता रिचार्ड बार्नेटले एक नयाँ चित्र पुस्तक तयार गरेका छन् । क्रुसल इन्टरभेन्सन शीर्षको उक्त किताबका केही चित्र तस्वीरहरु यस्ता छन् । एजेन्सीको सहयोगमा
salyakriya (1)
salyakriya (2)
salyakriya (4)

No comments:

Post a Comment