के तपाइँ कसम खान सक्नुहुन्छ की तपाइँले आफ्नो बेस्ट फ्रेण्ड अर्थात् सबैभन्दा नजिकको साथीसँग अहिलेसम्म कहिल्यैपनि झुटो बोल्नुभएको छैन भनेर ? सायद कोही पनि यस्तो मानिस नहोला जसले कहिल्यैपनि झुटो नबोलेको होस् । कहिलेकाहीँ
यस्तो झुट कुरा ख्यालठ्टा वा मजाकमै गरिन्छ भने कहिलेकाहीँ गम्भीर कुरा लुकाउनका लागि ।
यस्तो झुट कुरा ख्यालठ्टा वा मजाकमै गरिन्छ भने कहिलेकाहीँ गम्भीर कुरा लुकाउनका लागि ।
चाहे तपाइँ जुनसुकै तर्क दिनुस् झुट बोल्नु गलत हो । झुट चाहे कुनैपनि निहुँमा बोलेको होस् त्यो कुनै न कुनै दिन पोल खुल्छ र त्यसरी पोल खुलेको दिन मुख देखाउन गाह्रै पर्नसक्छ ।
त्यसैले झुटो बोल्नु नपरोस् भनेर कोसिस गर्नुहोस् र अझ ती व्यक्तिहरुसँग झुटो नबोल्नुहोस् जसले तपाइँमाथि भरोसा वा विश्वास गरेका हुन्छन् । तर भनेर के गर्नु तपाइँ हामी सबै आफ्ना सबैभन्दा नजिकका मान्छे तथा साथीहरुसँग पनि प्रायः केही झुट बोलेकै हुन्छौँ । हामीले बोल्ने सबैभन्दा चल्तीका झुट यस्ता छन् :
· हामीले कहिलेकाहीँ आफ्ना साथीका यस्ता केही तस्वीर खिचेका हुन्छौँ जुन साथीलाई मन पर्दैन । कतिपय तस्वीर त निकै अनौठा तथा आपत्तिजनक पनि हुने गर्छन् । त्यस्ता तस्वीर डिलिट गरिहाल्न साथीले आग्रह गर्छन् र तपाइँले हो, डिलिट गरिसकेँ पनि भन्नुहुन्छ । तर वास्तवमा तपाइँले ती तस्वीर डिलिट गर्नुभएकै हुँदैन । पछि कुनै समय फेरि साथीलाई झस्काउन प्रयोग गर्नुहुन्छ ती फोटाहरु ।
· जरुरी त छैन की साथीलाई मनपर्ने कुरा तपाइँलाई पनि मन पर्नैपर्छ । कहिलेकाहीँ हामीलाई आफ्नो साथीको पार्टनर मन परेको हुँदैन तर मलाई तेरो बुढी वा तेरो बुढो पटक्कै मन पर्दैन भनेर भन्नु त भएन । यसो भन्दा साथीको चित्त दुख्ने मात्र होइन तपाइँसँगको मित्रता नै टुट्नसक्छ । त्यसैले झुटो बोलेरै भएपनि भन्नुपर्छ मित्र तपाइँको पार्टनर क्या समझदार तथा असल हुनुहुन्छ ।
· कहिलेकाहीँ साथीसँग कतै घुम्न जानुपर्छ । घुम्न जाँदा के लगाउने भन्ने कुरा साथीले निर्णय गरिसकेको हुँदैन । केहीबेरपछि ऊ कुनै कपडा लगाएर निस्किएला जुन तपाइँलाई मन नै पर्दैन । तर अब यात्रा सुरु भैसक्यो । त्यसैले तपाइँलाई मन
नपरेपनि मुख फोर्न भएन । त्यसैले झुटो बोल्नुहुन्छ : क्या पर्फेक्ट ड्रेस छ तिम्रो, निकै सुहाएको छ ।
नपरेपनि मुख फोर्न भएन । त्यसैले झुटो बोल्नुहुन्छ : क्या पर्फेक्ट ड्रेस छ तिम्रो, निकै सुहाएको छ ।
· साथी भनेको मान्छे सबैभन्दा नजिकको हुन्छ । जिन्दगीमा कहिलेकाहीँ यस्तो परिस्थिति आउँछ तपाइँले आफ्नो साथीलाई सम्हाल्नुपर्ने हुन्छ । साथीलाई निकै अप्ठेरो परिरहेको हुन्छ । त्यो परिस्थितिबाट बाहिर निस्कनु निकै गाह्रो तथा असम्भव नै भएपनि तपाइँले बुझ पचाएरै साथीलाई ढाडस दिनुपर्ने हुन्छ र आफुलाई थाहा भएको र साथीलाई थाहा नभएको खतरनाक कुरा पनि लुकाएर सबै ठीक छ, चिन्ता नलेउ भन्नुपर्छ ।
· कहिलेकाहीँ साथीले निकै धेरै पिएर धेरै बोल्नसक्छ । यस्ता कुरा बोल्दछ की जसका बारेमा तपाइँलाई थाहा नै हुँदैन । कहिलेकाहीँ त हंगामा नै गर्छ । तर अर्को बिहान जब उसलाई रक्सीले छाड्न र हिँजो के भएको थियो भनेर सोध्दछ तपाइँले हिँजोको उसको व्यवहार तथा क्रियाकलापका बारेमा भन्नुहुन्न र लुकाउनुहुन्छ । किनकी साथीलाई लज्जित पार्न चाहनुहुन्न तपाइँ ।
· भेटघाटमा समयको कुरा पनि अक्सर ढाँटिन्छ साथीभाइमा । साथीलाई कुराएर ल म आइहालेँ ५ मिनेटमै भनिसकेको आधा घण्टामा पनि नपुग्ने मानिस धेरै हुन्छन् ।
· साथीहरु कोही यस्ता हुन्छन् जो आफ्नो स्वास्थ्यका विषयमा निकै सचेत हुन्छन् । उनीहरु केही कुरा खानुभन्दा पहिले १० पटक सोँच्दछन् । यस्तोमा कहिलेकाहीँ हामी उसलाई ढाँटेर पनि उसले खान डराउने खानेकुरा खुवाएका हुन्छौँ ।
No comments:
Post a Comment