Monday, January 11, 2016

कोरियामा काम गर्नेको न्यूनतम ज्याला सवा लाख

korea-2
२७ पुस, सउल । रोजगार अनुमित प्रणाली (ईपीएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया आउने आप्रवासी कामदारको मासिक न्यूनतम ज्याला सवा लाख नाघेको छ । श्रम तथा रोजगार मन्त्रालयले जनवरी एक देखि डिसेम्बर ३० सम्म लागू हुने गरी अगस्टमा न्यूनतम ज्याला ८.१ प्रतिशतले बढाएको कारोबारमा खबर छ ।
यो ज्याला सबै कम्पनी तथा फर्ममा लागू गर्न मन्त्रालयले निर्देशनसमेत दिएको छ । यससँगै अतिरिक्त समयसमेतछ गरी अधिकांश नेपालीले मासिक डेढ लाखभन्दा बढी आर्जन गर्दै आएका छन् ।
नयाँ पारिश्रमिकअनुसार सातामा ४० घण्टा काम गर्ने कामदारले दैनिक ४८ हजार २४० का दरले मासिक न्यूनतम १२ लाख ६० हजार २७० वन (एक लाख १३ हजार ७४१ रुपैयाँ) पाउँछन् ।
तलब वृद्धिले कोरिायमा कार्यरत प्रवासी कामदार र अब भित्रिने नयाँ जनशक्ति लाभान्वित हुनेछन् । १५ एसियाली मुलुकका युवाको आकर्षक रोजगारीस्थल कोरियाले अब लाओसबाट पनि कामदार ल्याउने भएको छ ।

No comments:

Post a Comment