Sunday, January 10, 2016

यो हो बिश्वको पहिलो ड्रोन, जसमा हेलिकोप्टरझैं चढेर उड्न मिल्छ

ehang-184_1पुतलीझैं उड्ने क्यामेरा जडित स-साना ड्रोनहरु यतिबेला संसारभरि लोकप्रिय भइरहेका छन् । तर, तपाइँले कहिल्यै यस्ता ड्रोनको कल्पना गर्नुभएको थियो, जसभित्र बसेर हेलिकोप्टरमा झैं उड्न सकियोस् ।
प्रबिधिको दुनियाँमा असम्भव केही छै्रन् । एक चिनियाँ कम्पनीले यस्तो ड्रोनको आविस्कार गरेको छ जसभित्र एकजना मानिस आरामसँग बसेर उड्न सक्छन् ।
चिनियाँहरुको यो गजबको आविस्कार देखेेर अमेरिकाको लस भेगसमा जारी मेला हेर्न आइपुगेका बिश्वभरका मानिसहरु दंग परिरहेका छन् ।
यो चिनियाँ आविस्कारबारे यतिबेला अमेरिकी मिडियाहरुले पनि खुवै प्रसंसा गरिरहेका छन् ।
ehang-184_4
इहाङ १८४ नामक यो ड्रोनमा एकजना यात्रु बस्न मिल्ने आरामदायी र वातानुकुलित ककपिट छ । तर, यात्रुले ड्रोन चलाइराख्नु पर्दैन् । सिटको अगाडी रहेको टचस्त्रिmनबाटै उडानसम्बन्धी सवै कुरा नियन्त्रण गर्न सकिन्छ ।
ehang-184_5
यात्रुले स्क्रिनमा देखिएको नक्सा थिचेर गन्तब्य यकिन गर्न सक्छन् । त्यसपछि ड्रोन उडेर आफै त्यो ठाउँमा पुग्छ र ल्याण्ड हुन्छ । हेलिकोप्टरजस्तै भर्टिकल शैलीमा उडान र अबतरण गर्छ ।
ककपिटको पछाडी एउटा सानो ट्याङ्की राखिएको छ जसमा यात्रुले आफ्नो ब्याकप्याक वा लगेज राख्न सक्छन् ।
ehang-184_6
५ फिट अग्लो र झण्डै २ सय किलोग्राम तौल भएको यो ड्रोनमा चार्ज गरिएको ब्याट्रीले २३ मिनेटको उडान भर्न सक्छ । ६२ माइल प्रतिघण्टको गतिमा ड्रोनले उडान गर्छ । ब्याट्री फुल चार्ज गर्न २ देखि ४ घण्टासम्म लाग्छ ।
ehang4
ड्रोन उत्पादन गर्ने चिनियाँ इहाङ कम्पनीले दुई बर्ष लामो अनुसन्धानबाट यो ड्रोन तयार पारेको जनाएको छ । कन्जुमर इलेक्ट्रोनिक सोमा प्रर्दशनमा राखिएको ड्रोन नमुनामात्र नभई बजारमा ल्याउन मिल्ने फाइनल प्रोडक्ट भएको कम्पनीले जनाएको छ । यसअघि नै १ सय जना मानिसले यसमा बसेर सफलतापूर्वक परिक्षण उडान गरिसकेका छन् ।
यदि उडान भइरहेका बेला कुनै दुर्घटना हुन लाग्यो भने कसरी जोगाउने ? कम्पनीका प्रवक्ता भन्छन- ‘दुर्घटनाको सम्भावना एकदमै कम छ, कम्पनीको फ्लाइट कन्ट्रोल सेन्टरले सवै ड्रोनलाई नियमित निगरानी राखिरहेको हुन्छ, त्यस्तो अबस्था आउनासाथ कन्ट्रोल सेन्टरले हस्तक्षेप गर्छ ।’
ehang-184_3
सेफ्टी फस्ट भेहिकलका रुपमा ब्याख्या गर्दै कम्पनीले यसलाई साना हेलिकोप्टर वा प्लेनको विकल्पका रुपमा स्थापित हुने दावी गरेको छ ।
कहिलेदेखि यो बजारमा उपलब्ध हुने छ र कति पैसा पर्ने छ भन्ने बिषयमा कम्पनीले केही खुलाएको छ । मूल्यका बिषयमा प्रश्न गर्दा कम्पनीका प्रवक्ताले भने- लाखौं डलर पर्न सक्छ ।’
ehang184landing
हेर्नुहोस् भिडियो- 
-बिजनेस इनसाइडर र सीनेटको सहयोगमा
- See more at: http://www.onlinekhabar.com/

No comments:

Post a Comment