Tuesday, January 26, 2016

कुहिरोसँग लुकामारी गर्दै कालिन्चोक (फोटो फिचर)

kalinchowk photo (17)
दोलखा–भूकम्पले तहसनहस बनाएको दोलखामा प्रसिद्ध कालिन्चोक मन्दिर सुरक्षित रहेको छ । कालिन्चोक मन्दिर क्षेत्र पर्यटकीय रूपमै नभई धार्मिक रुपमा समेत यतिकै प्रख्यात छ । सदरमुकाम चरिकोटबाट १७ किलोमिटर दुरीको कालिन्चोकस्थित कुरी उपत्यका यतिखेर आन्तरिक तथा बाह्य पर्यटकले खचाखच छ ।
kalinchowk photo (19)
कुरी बजारबाट कालिन्चोक भगवतीको मन्दिर पुग्न झन्डै एक घन्टा उकालो चढ्नुपर्छ । ३ हजार ८ सय ४२ मिटर उचाइको मन्दिर दर्शन गर्न मुलुकका विभिन्न भागबाट दैनिक सयौं व्यक्ति आउने गर्छन् ।
kalinchowk photo (15)
आगन्तुकको व्यवस्थापन गर्न होटल व्यवसायीलाई भ्याईनभ्याई छ । प्रायः शुक्रबार र शनिबार मोटरसाइकल र बोलेरो गाडीको ताँती नै लाग्छ । ‘चरिकोटबाट बोलेरो रिजर्भ गरेर आउनेदेखि मोटरसाइकल र निजी गाडी लिएर आउनेलाई व्यवस्थापन गर्न कहिलेकाहीँ त कठिन नै हुन्छ,’ मान्छामाई शेर्पाले भने । कतिपय भने चरिकोटबाट पैदल हिँडेर नै कालिन्चोक मन्दिर आउने गरेका छन् ।
kalinchowk photo (18)
कुरी बजारमा दुई दर्जनभन्दा बढी होटल छन् । प्रायः मानिस बजारका होटलमा रात बिताएर भोलिपल्ट देवीको दर्शन गर्न उकालो चढ्छन् । यस क्षेत्रमा जाडो अत्यधिक हुन्छ । मन्दिर रहेको टाकुराबाट गौरीशंकरसहितका हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । ‘आँखैअगाडि यतिका हिमाल र टाकुरा देख्दा जोकोही पनि लोभिन्छन् । टाकुराबाट चारैतिर देखिने हिमाल, डाँडाकाँडा, घनाजंगलले मोहित पार्छ । कुरीपूर्वका ठूलठूला घाँसे मैदानमा गल्फ खेलको राम्रो सम्भावना छ । कुरी बजारबाट कालिन्चोक मन्दिरसम्म केबुलकार सञ्चालन गर्न तयारीमा लाएका छन् ।’ सडक साह्रै खराब कालिन्चोकमा सरकारी अधिकारीदेखि ठूला व्यापारी, नेता, मन्त्रीलगायत पनि पुग्ने गरेका छन् ।
kalinchowk photo (2)kalinchowk photo (1)kalinchowk photo (16)kalinchowk photo (12)kalinchowk photo (11)kalinchowk photo (10)kalinchowk photo (9)kalinchowk photo (8)kalinchowk photo (5)kalinchowk photo (4)kalinchowk photo (3)
- See more at: http://www.ratopati.com

No comments:

Post a Comment