Friday, January 15, 2016

कारखानामा जम्मा भए आधा करोडका सिक्का, बैंकले साट्न मानेन

sikka
पैसा आखिर पैसा नै हो । कागजको होस् वा धातुको सिक्का । जे को भएपनि भाउ र काम त उहीँ नै हुनुपर्ने हो । तर एकजना व्यक्ति आफ्नो ढुकुटीमा झण्डै आधा करोड रुपैयाँका सिक्का हुँदा समेत कंगाल झैँ हुनुपरेको छ । लखपति हुँदा समेत उनले आफ्नो कारखानाका कर्मचारीलाई ३ महिनादेखि तलब खुवाउन सकेका छैनन् र आफ्नो गर्जो टार्न पनि मुस्किल परिरहेको छ ।
हो, चीनको हेनान प्रान्तस्थित झेंगझोउ सहरमा यो अनौठो मामिमा सार्वजनिक भएको छ । त्यहाँको एक वेयर हाउसमा कपडा धुने कारखाना संचालन गर्दै आएका झांग नामका व्यक्तिसँग ३ लाख युआन अर्थात् झण्डै ५० लाख रुपैयाँ बराबरका सिक्का जम्मा भैसकेका छन् । सिक्काबाट चल्ने उक्त लन्ड्री मेसिनमा जम्मा भएका सिक्काको वजन १.८ टन भैसकेको छ । उनीसँग यतिधेरै सिक्का भैसकेका छन् की ति सिक्का साटेर नोट दिनका लागि सबै बैंकले असमर्थता जनाइसकेका छन् ।
बैंकले सिक्कासँग नोट नसाटिदिएपछि झांगलेआफ्ना कर्मचारीलाई ३ महिनादेखि तलब समेत खुवाउन सकेका छैनन् । कर्मचारीहरुले समेत आफुलाई साट्न गाह्रो हुने भन्दै तलबभत्तामा सिक्का पैसा लिन मानेका छैनन् र नोट नै चाहिने अडान राखेका छन् ।
sikka 2
झांगले पाँच पाँच सय सिक्काका थैली बनाएर खात लगाएर राखेका छन् । उनले पहिले सिक्का साट्ने सुपरमार्केटले पनि अहिले सिक्का सट्टापट्टा गर्न छाडेपछि उनलाई सकस परेको हो । आफुसँग जम्मा भएका सिक्का नोटसँग साट्नका लागि उनले पत्रिकामा विज्ञापन नै गर्नुपरेको साउथ चाइना मर्निंग पोष्टले जनाएको छ ।
बैंकहरुले उनीसँग भएका सिक्का साट्न नसक्ने जवाफ दिनका लागि विभिन्न निहुँ बनाएका छन् । सिक्का राख्नका लागि धेरै ठाउँ चाहिने, कतिपय सिक्का नक्कली समेत हुने र जाँच गर्न कठीन हुने जस्ता कारणले गर्दा आफुले सिक्का साटेर नोट दिन नसक्ने बैंकहरुले बताएपछि झांगको चिन्ता थपिएको छ ।

No comments:

Post a Comment