Tuesday, January 12, 2016

कानेगुजीबाट मुक्ति पाउने उत्तम उपाय (भिडियोसहित)

ear
कानमा कानेगुजी जम्मा हुने र कहिलेकाहीँ कडा भएर जमेर दुख दिने समस्या धेरैले भोग्ने समस्या हो । कानेगुजी निकाल्नका लागि गाउँघरतिर धातुको कनकर्नो देखि लिएर टुप्पोमा कपास भएको प्लास्टिकको बडको प्रयोग गर्ने मात्र होइन बेकिंग सोडा कानभित्र हाल्ने सम्मका उपाय अपनाइन्छ । जसमध्ये केही उपाय खतरनाक र हानिकारक पनि हुने गरेका छन् ।
तर अमेरिकाका एक डाक्टरले भने कानभित्र जमेको कानेगुजी निकाल्ने गोप्य सुत्र पत्ता लगाएका छन् । अमेरिकाको नर्थ क्यारोलिनाका बाल चिकित्सक डाक्टर डेभिड हिलका अनुसार रक्सी र भिनेगरको मिसाएर कानभित्र हाल्नाले कानेगुजी बाहिर निस्कन्छ ।
उनका अनुसार भिनेगर र अल्कोहलको मिश्रणले कानभित्र जमेर कडा भएको कानेगुजीलाई नरम बनाइदिन्छ, जसलाई सजिलै बाहिर निकाल्न सकिन्छ । उनले यस्तो झोलको प्रयोगले कसरी कानेगुजी निकाल्न सकिन्छ भनेर भिडियो सहित व्याख्या समेत गरेका छन् ।
भिडियोमा उनले कानेगुजीले कानको सुरक्षामा कस्तो महत्व राख्दछ भन्ने व्याख्याबाट सुरु गरेका छन् र अलिकति कानेगुजी कानमै छाडिदिनु राम्रो हुन्छ भन्ने सल्लाह दिएका छन् ।
कानमा हुने कानेगुजीलाई चिकित्सा भाषामा सेरुमेन भनिन्छ र यसले श्रवण नलीको संवेदनशील छालालाई बाहिरी धुलोका कण, किरा तथा संक्रमणबाट बचाउनका लागि सुरक्षा पर्खालको काम गर्दछ । यसले भौतिक पर्खाल मात्र नभै रासायनिक पर्खालको पनि काम गर्छ । यो अम्लीय हुनुका कारणले कतिपय ब्याक्टेरिया र ढुसीलाई मारिदिन्छ जसले कानमा संक्रमण गराउँछन् । उनका अनुसार पौडीबाजहरुमा प्रायः हुने कानको संक्रमण उनीहरुको कानमा कत्तिपनि कानेगुजी नहुनाले हो ।
तर कानभित्र बढि कानेगुजी जम्मा हुनु हुँदैन । यद्यपि कानको भित्री छाला आफैले कानेगुजीलाई बाहिर पठाउने काम गर्छ । तर कतिपय अवस्थामा भने कानेगुजी बढि भएर भित्रै जम्न थाल्दछ ।
यसले जमेको कानेगुजी निकाल्नका लागि कपासको बड तथा कनकर्नोको प्रयोग गर्नै नहुने सल्लाह डाक्टर हिलको छ । यसले बड वा कनकर्नो प्रयोग गर्दा कानेगुजी बाहिर आउनुको साटो उल्टै भित्रतर्फको कानको नलीमा खाँदिन्छ ।
उनका अनुसार कानमा जमेको कानेगुजी बाहिर निकाल्नका लागि कानमा तेल हाल्नु उपयुक्त हुन्छ । कानमा मिनिरल आयल वा बेबी आयल हाल्नाले जमेको कानेगुजी पग्लिने र आफै बाहिर बगेर आउँछ ।
उनका अनुसार कानेगुजी निकाल्नका लागि अझै प्रभावकारी झोल भनेको रक्सी र भिनेगरको मिश्रण नै हो । आधा आधा भिनेगर र अल्कोहक मिसाउनुहोस् र राम्रोसँग हल्लाउनुहोस् । अनि त्यो झोललाई कानेगुजी जमेको कानमा थोरै खन्याउनुहोस् तर जोडसँग धेरै झोल खन्याउनु भने हुँदैन । केहीबेरसम्म उक्त कानलाई आकासतर्फ फर्काउनुहोस् र पछि झट्कारेर तल ल्याउनुहोस् । तपाइँको कानमा जमेको कानेगुजी नरम भएर आफै बाहिर निस्कन थाल्नेछ ।


No comments:

Post a Comment