Saturday, January 30, 2016

अफ्रिकाका किशोरी आमाहरु दर्दनाक तस्वीर (फोटोफिचर सहित)

african mom  (7)
कम उमेरमा आमा बन्नु महिलाका लागि शारीरिक, मानसिक तथा सामाजिक सबै रुपले कष्टपूर्ण हुन्छ । अझ अशिक्षित, गरीब तथा पिछडिएको समाजमा किशोरावस्थामै आमा बन्न बाध्य महिलाहरुको जिवन झनै कष्टपूर्ण बन्ने गरेको छ ।
इटालियन फोटोग्राफर पाओलो पाट्रुनोले सब सहारा अफ्रिका तथा अमेरिकामा सानो उमेरमै आमा बन्न बाध्य महिलाका पीडा र संघर्षका कथालाई तस्वीरमा उतार्नका लागि सन् २०११ देखि नै लागिपरेका छन् ।
मातृस्वास्थ्य सम्बन्धी एक जनचेतनामूलक परियोजना बर्थ इज ए डि्रम अर्थात् जन्म एक सपना मा लागिपरेका उनले पछिल्लोपटक गल्र्स वुमन टू अर्ली शीर्षकमा अफ्रिकी देश क्यामरुनका किशोरी आमाहरुका तस्वीर कैद गरेका छन् ।
सन् २०१४ मानवअधिकारवादी एक संस्थासँगको सहकार्यमा क्यामरुनको एक विकट गाउँ बाकुम्बा पुगेका पाओलेले त्यहाँका किशोरी आमाहरुको तस्वीर क्यामरामा कैद गरे । विश्व बैंकको तथ्यांक अनुसार क्यामरुनमा २५ प्रतिशत महिलाहरु १५ देखि १९ वर्षको उमेरभित्रैमा गर्भवती हुन्छन् ।
त्यहाँको शिशु मृत्युदर प्रतिहजार ५३.६३ रहेको छ । हेरौँ इटालियन फोटोग्राफरले कैद गरेका क्यामरुनका किशोरी आमाहरुका केही तस्वीरहरु
african mom  (1)
african mom  (4)
african mom  (5)
african mom  (6)
african mom  (8)
african mom  (9)
african mom  (10)

No comments:

Post a Comment