Sunday, January 31, 2016

डेढ सय बर्षको इतिहास भएका दुई क्यानेडियन दैनिक सधैंका लागि बन्द

टोरण्टो । झण्डै डेढ सय बर्षदेखि प्रकाशन हुँदै आएका दुई क्यानेडियन पत्रिका बन्द भएका छन् ।
Guelph-Mercury
१४९ बर्षदेखि गुएल्फ शहरबाट प्रकाशन हुँदै आएको ‘गुएल्फ मर्करी’ दैनिकले आफ्नो छापा संस्करण बन्द भएको घोषणा गरेको एक दिनपछि अर्को पत्रिका ‘नानाइमो दैनिक’ले पनि छापा संस्करण बन्द गरेको घोषणा गरेको छ । यो पत्रिका १४१ बर्षदेखि प्रकाशन हुँदै आएको थियो ।
पाठक, बिज्ञापन र बिक्रीबाट हुने आम्दानीमा तीब्र गिरावट भएपछि यी दुई दैनिकले छापा संस्करण बन्द गर्ने अपि्रय निर्णय गर्नुपरेको हो । यी दुवै पत्रिकाले अब अनलाइन संस्करणमा केन्दि्रत हुने घोषणा गरेका छन् ।
छापा माध्यमको घट्दो ब्यवसायका कारण यतिबेला क्यानडाको पुरै छापा पत्रकारिता संकटमा परेको छ । यसअघि पोष्टमेडिया नेटवर्कले छापा संस्करणमा भएको घाटाका कारण ठूलो मात्रामा स्टाफ कटौती गर्दै बिभिन्न राज्यमा रहेका न्यूजरुमलाई मर्ज गरेर एउटै बनाउने घोषणा गरेको थियो ।
बेलायती पत्रिका द गार्जियनका अनुसार अमेरिका, बेलायत र अष्ट्रेलियामा पनि छापा पत्रिकाहरुले यस्तै संकट भोगिरहेका छन् । दर्जनौं पत्रिकाहरु बन्द भएका छन् भने पत्रिकाको बिक्री र आम्दानीमा नाटकीय गिरावट आइरहेको छ ।
छापा पत्रिका बन्द गरेर सानो खर्चमा अनलाइन चलाउने तयारी गरे पनि त्यो त्यति सहज भने छैन । अनलाइन बिज्ञापनको बजार अझै पनि निकै सानो छ भने प्रसारण माध्यमहरुमा पनि बिज्ञापन घट्दो छ ।

No comments:

Post a Comment