Monday, January 11, 2016

जहाँ मरेपछि पनि तिर्नुपर्छ आफ्नो चिहानको भाडा

chihan-1
भनिन्छ व्यक्ति मरेपछि सबै प्रकारका माया, मोह तथा ऋण, दायित्वबाट मुक्त हुन्छ । तर दुनियामा एउटा यस्तो ठाउँ पनि छ जहाँ मानिसले जिउँदो छँदा बस्ने कोठाको मात्र होइन मरेपछि आफ्नो लास राख्ने चिहानको समेत भाडा तिर्नुपर्छ ।
यस्तो विचित्रको नियम ग्वाटेमाला भन्ने देशमा छ । त्यहाँ लासका महलहरु देख्न सकिन्छ । लाश सजाएर राखिने ती महलका हरेक तलाहरुमा लास राखिएको हुन्छ । वास्तवमा अन्त्येष्टि गर्ने जमिनको कमीका कारण यस्तो लासघर बनाइएको हो । यी चिहानघरमा कुनैपनि शवलाई निशुल्क राख्न सकिँदैन, त्यसका लागि चिहानको नियमित भाडा चुक्ता गर्नुपर्छ ।
भन्नुहोला, मरिसकेको मानिसको आफ्नो चिहानको भाडा कसरी तिर्ने ? हो, मरेको मानिसले आफै भाडा तिर्ने कुरा भएन, मृतकका परिवारजनले उसको चिहानको भाडा तिरिदिनुपर्छ । यदि कुनै महिनाको भाडा तिर्न छुट भयो भने अर्को महिना चिहान व्यवस्थापनले मृतकको चिहान फोडेर उसको लासलाई सामूहिक चिहानमा फ्याँकिदिन्छ ।
रोचक कुरा त के भने धनी मानिसहरु आफु मरिसकेपछि आफ्नो लासलाई राख्ने चिहानको व्यवस्था जिउँदै छँदा नै गरिसकेका हुन्छन्, ता की आफ्नो लास सुरक्षित साथ, आनन्दसँगले चिहानघरमा रहन सकोस् । यसका लागि उनीहरुले उक्त चिहानघर व्यवस्थापनलाई सुरुमै पैसा दिएर करार गरिसकेका हुन्छन्, मरेपछि आफ्नो लास राख्नका लागि । कतिपय चिहान त निकै सुन्दर बनाएर सजाइएको हुन्छ ।
सहरको बाहिरपटि्ट एउटा यस्तो जग्गा पनि छ जहाँ चिहानबाट बाहिर निकालिएका शवहरुलाई गाडिन्छ । परिवार तथा आफन्त नभएका, एकल चिहानका लागि भाडा तिर्न नसक्ने वा भाडा तिर्न छाडेका शवहरुलाई त्यस्ता बाहिरी सामूहिक चिहानमा गाडिन्छ ।

No comments:

Post a Comment