Monday, December 21, 2015

मेडिकल दुनियाँलाई चुनौतीः जन्मेको दुई महिनामै वृद्धजस्तै देखिए बालक 

काठमाडौं – बच्चा जन्मिकेपछि हृष्टपुष्ट हुने र सुन्दर बन्दै जानुपर्ने हो, तर सोलुखुम्बुमा यस्तो अनौठो प्रकृतिको बालक जन्मिएका छन्, जो दुई महिनाकै उमेरमा वृद्धजस्तै देखिन थालेका छन् । सोलुखुम्बु गुदेल–८ की समिता राईको पहिलो सन्तानमा यस्तो समस्या आएको हो । अहिले बालक जन्मेको दुई महिना पुगेको छ तर जन्मँदाभन्दा तीन सय ग्राम तौल घटेको छ । शरीर चाउरी परेर बुढ्यौली लागेजस्तै देखिएको छ । आमाको दूध कम आउने भएकाले जन्मेको १२/१३ दिनदेखि गाईको दूध खुवाउन सुरु गरेको आमा समिताले बताइन् । strange baby (1)
बालक बिस्तारै बिरामी पर्दै गए । त्यसपछि उनलाई पहिले धामीझाँक्री कहाँ र पछि स्वास्थ्य चौकी पुर्याइयो ।
‘दूध खान छोडेपछि गाईको दूध खुवायौँ,’ गुदेल स्वास्थ्य चौकीमा उपचार गर्न पुगेकी समिताले भनिन्, ‘घरमै धामीझाँक्री गर्दागर्दै पछि बच्चा चाउरिएर बुढोजस्तो भयो, अब के गर्ने होला ?’
स्वास्थ्यचौकी इन्चार्ज रामु खत्रीले बच्चा बिरामी हुँदा समयमै उपचार गर्न नल्याई धामीझाँक्री गरेको र आमाको दूध नखुवाई गाईवस्तुको खुवाएकाले यस्तो समस्या आएको हुन सक्ने बताए । उनले अहिले बच्चाको तौल कम्तीमा पनि चार पाँच किलो हुनुपर्नेमा जन्मँदाभन्दा घट्नु जोखिमपूर्ण भएको बताए । यस्तो प्रकृतिको बिरामीको उपचार गर्नुपूर्व रोग पहिचान गर्नुपर्ने भएकाले विशेषज्ञकहाँ जाने सल्लाह दिएका छौँ,’ - See more at: http://www.ratopati.com

No comments:

Post a Comment