सिपाही हुँदै संसार जित्ने सपना देखेका थिए हिट्लरले
आज विश्वभर नै लोकतन्त्रको आवाज उठ्ने गर्छ । अझ सुन्दर त, हामी पनि लोकतन्त्रको अभ्यास गरिरहेका छौँ । तर कुनै समय यस्तो पनि थियो, तानाशाहले संसारलाई आफ्नो मुठीमा राख्ने कोशिस गरेका थिए । तिनै तानाशाहमध्ये एक हुन्, एडोल्फ हिट्लर । उनको प्रभाव यस्तो थियो कि, संसारभरका शासकले हिट्लरबारे नसोचिरहन सक्दैनथे ।
बेलायती साम्राज्यले एक समय विश्वको सबैभन्दा धेरै भूभाग आफ्नो बनाएको थियो । जुलियस सिजर, कुब्ला खाँ र नेपोलियन बोनापार्टले पनि विश्व कब्जा गर्ने नीति लिएका थिए । तर, २०औँ शताब्दीमा तानाशाह बनेर विश्व जित्ने हिट्लरको अभियान निकै अविश्वसनीय तर प्रभावशाली थियो ।
हिट्लरको जन्म सन् १८८९ मा अस्ट्रियामा भएको थियो । उनले लिन्ज भन्ने ठाउँमा प्रारम्भिक शिक्षा लिए । पढ्नमा उनी कमजोर थिए, त्यसैले ८ कक्षा मात्रै पास गरे । १७ वर्षको उमेरमा बाबुको मृत्युपछि हिट्लर भियना पुगे । उनी केही काम गर्दैनथे, बस्न र खान आमाले केही पैसा पठाउँथिन् । त्यसैलाई फारोतिनो गर्थे उनी । उनले कहिल्यै चुरोट, रक्सी पिएनन् । राम्रो कपडा पनि लगाउँदैनथे । फेरि पनि आमाले पठाएको पैसाले उनलाई खान र बस्नलाई धौ–धौ नै हुन्थ्यो । जब सन् १९०७ को डिसेम्बरमा हिट्लरकी आमाको देहान्त भयो ।
आमाको देहान्त हुनुअघि उनले चित्र बनाएर सडकमा बेच्न थालेका थिए । उनले कोरेका चित्र राम्रै बिक्रि भइरहेका कारण हिट्लरलाई महान् चित्रकार बन्छु भन्ने भ्रम थियो । तर उनको घमण्ड भियना एकेडेमी अफ फाइन आर्टस्मा दुईपटक प्रवेश परीक्षा दिँदा चकनाचुर भयो । सन् १९०७ र ०८ मा प्रवेश परीक्षा दिएपनि एकेडेमीले हिट्लरलाई छनोट गरेन । परीक्षामा असफल भएपछि हिट्लरले आफ्ना चित्र प्रभावकारी छैनन् भन्ने ज्ञान पाए ।
त्यतिबेलासम्म भियनाबाट निस्कने पत्रपत्रिकामा विश्वयुद्धमा यहुदीको भूमिकालाई लिएर आलोचना हुने गरेको थियो । त्यस्तै धर्मको पक्षमा समाचारहरू प्रकाशित हुन्थे । साम्यवादी व्यवस्था गलत छ भन्ने विषयमा पत्रपत्रिकाले वकालत गर्थे । हिट्लर नियमित रूपमा पत्रपत्रिका पढ्ने हुनाले उनको मस्तिष्कमा कम्युनिष्ट र यहुदीविरोधी भावना हावी भयो । उनी सन् १९१३ पछि जर्मनीको म्युनिख गए । विश्वयुद्ध जारी रहेको समयमा सन् १९१४ बाट हिट्लर जर्मनीको सेनामा आबद्ध भए । उनले फ्रान्समा भएको लडाइँमा भाग लिए । हिट्लर पैसाका लागि होइन, राष्ट्रवाद जोगाउने उद्देश्यले सेनामा भर्ति भएका थिए । सन् १९१८ मा जर्मनीले विश्वयुद्धमा नराम्ररी हारेपछि हिट्लरले एक वर्षपछि जागिर छोडे । त्यसो त उनले सन् १९१८ मै जर्मनी पराजयको बदला लिएरै छाड्ने घोषणा गरेका थिए । एक मामूली सिपाहीको घोषणालाई सबैले पागलपनको संज्ञा दिएका थिए ।
उनले सेनाको जागिर छाडेर राजनीतिमा लाग्नु उचित सम्झे । उनी जर्मन वर्कर्स पार्टीका संस्थापक एन्टोन ड्रिक्सलरको पँुजीवादविरोधी, माक्र्सवादविरोधी र राष्ट्रियतावादी सोचबाट प्रभावित थिए । यस पार्टीलाई जर्मन सेनाले समेत राम्रो नजरले हेरेको थियो । किनकि जर्मन सेना बढ्दो माक्र्सवादको प्रभावलाई निमिट्यान्न पार्न चाहन्थ्यो । सेप्टेम्बर १२ मा हिट्लर सर्वसाधारणको भेषमा जर्मन वर्कर्स पार्टीको सभामा पुगे । उनले त्यहाँ २५ जना व्यक्तिको उपस्थितिमा उनले आफ्नो भनाइ राखे । सुरुआतमा हिट्लर निकै नभर्स देखिएका थिए । तर, एक व्यक्तिले बाभारिया राज्यलाई कसरी जर्मनीबाट टुक्र्याएर अष्ट्रियासँग मिलाउन सकिन्छ भन्ने प्रश्न राखेपछि उनी भावुक बने । उनले त्यस व्यक्तिविरुद्ध थप १५ मिनेट बोले । उनको उग्र राष्ट्रवादी अभिव्यक्तिबाट प्रभावित वर्कर्स पार्टीका संस्थापक एन्टोन ड्रिक्सलरले हिट्लरलाई आफ्नो घोषणापत्र पढ्न आग्रह गरे । घोषणापत्र पढेपछि हिट्लर निकै खुसी भएका थिए । उनलाई एन्टोन ड्रिक्सलरले पार्टीको सदस्यता पनि दिए । उनलाई पार्टीको कार्यसमितिको बैठकमा डाकियो । हिट्लरले आफ्नो आत्मकथा ‘मैन काम्फ’मा उल्लेख गरेअनुसार त्यतिबेला यो पार्टीसँग कुनै योजना थिएन । त्यस्तै सदस्यता वितरणका लागि कार्ड तयार पारिएको थिएन र पार्टीको रबर स्ट्याम्पसमेत थिएन । आर्थिक रूपमा यो पार्टी निकै गरीब थियो । जर्मन वर्कर्स पार्टीको तत्कालिन अवस्थाबाट प्रभावित नभए पनि हिट्लर ड्रिक्सलरको सोचबाट प्रभावित थिए । उनले यस अव्यवस्थित पार्टीमै आफ्नो भविष्य देखे ।

एडोल्फ हिट्लरले पहिलो विश्वयुद्धमा सैनिकको काम गर्नेबाहेक अरु कुनै जागिर खाएका थिएनन् । उनी निकै अल्छी थिए । ३० वर्षको उमेरमा जर्मन वर्कर्स पार्टीमा आबद्ध भएपछि उनले यस पार्टीलाई कसरी बलियो बनाउने भन्ने एकतर्फी उद्देश्यमात्रै राखे । यस पार्टीमा हिट्लरसहित ७ जनाको कार्यसमिति थियो । उनले बिस्तारै साथीभाइ जम्मा गर्न प्रत्येक महिना आफ्ना कार्यसमिति सदस्यलाई नयाँ सदस्य लिएर आउन आग्रह गरे । तर थोरैमात्रै आए । त्यसपछि उनीहरूले स्टेशनरीमा गएर निमन्त्रणापत्र छाप्न थाले । अझै पनि पार्टीमा आकर्षण भएन । पत्रिकामा विज्ञापन गरेपछि बिस्तारै पार्टीको सार्वजनिक सभामा एक सयभन्दा बढीको सहभागिता भयो । यस बैठकमा हिट्लरले पहिलोपटक सार्वजनिक भाषण गरे । त्यतिबेला उनले ३० मिनेट भाषण गर्दै उपस्थिति सबैलाई राष्ट्रवादी सोचले प्रभावित बनाएका थिए । उनको भाषणबाट प्रभावितहरूले पार्टीलाई चन्दा दिन थाले । यसपछि जर्मन वकर्स पार्टीले हिट्लरलाई प्रत्येक सभामा मुख्य व्यक्तिका रूपमा प्रस्तुत गर्न थाल्यो । उनले वारसेल्स सन्धी र यहुदीहरू जर्मनीको समस्या रहेको बताउन थाले । बिस्तारै वर्कश पार्टीका सदस्य बढ्न थाले । उनले सन् १९२० सम्म आइपुग्दा पार्टीको प्रचार निकै बढाएका थिए । त्यस्तै सेनामा चिनेका युवालाई पनि पार्टीमा आबद्ध गरे । हिट्लरले पार्टीमा आबद्ध गरेका आर्मीका क्याप्टेन इर्नस्ट रोहमले पछि उनलाई शक्तिमा ल्याउन महत्वपूर्ण भूमिका खेले । वारसेल्स सन्धीपछि वाक्क भएका थुप्रै जर्मन सेनाहरूले यस पार्टीको सदस्यता लिन थाले । वर्कश पार्टीपछि बाभारिया क्षेत्रमा चर्चामा रहेका बाँकी सबै पार्टी माक्र्सवादी थिए । रुसझैँ जर्मन पनि कतै साम्यवादमा त प्रवेश गर्दैन भन्ने चिन्ता सर्वसाधारणमा थियो । हिट्लरले माक्र्सवादी र यहुदीलाई एउटै कित्तामा राखेर उनीहरू विरुद्ध प्रचारात्मक अभियान थाले । जर्मन वर्कर्स पार्टीको नाम परिर्वतन भयो र नेसनल सोसलिस्ट जर्मन वर्कर्स पार्टीका बन्यो । जसको छोटकरी नाम थियो, नाजी । यस पार्टीले सन् १९२० को अन्त्यसम्म आफ्नो सदस्यता ३ हजार पु¥याइसकेको थियो ।

सन् १९२१ मा यस पार्टीको नेता बनेपछि हिट्लरले पुरै जर्मनीमा आफ्नो प्रभाव बिस्तार गर्न थाले । जर्मनी यतिबेलासम्म प्रथम विश्वयुद्धका कारण थलिएको थियो । बेरोजगारी बढेको थियो र जर्मनीको पैसा मार्कको मूल्य निकै घटेको थियो । यही मौकाको फाइदा उठाएर हिट्लरले जर्मनीमा रहेको प्रजातान्त्रिक सरकारको विरुद्धमा अभियान सुरु गरे । सन् १९२३ सम्म आइपुग्दा नाजी पार्टीको सदस्यता ५५ हजार पुगिसकेको थियो । हिट्लरलाई सञ्चारमाध्यमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व दिन थालेका थिए । उनले सरकारविरोधी गतिविधि बढाए । सन् १९२४ मा हिट्लर सरकारविरोधी प्रदर्शनमा सहभागी हुँदा प्रहरी र विद्रोही पक्ष दुवैबीच गोली हानाहान भयो । यसपछि हिट्लरलाई प्रहरीले पक्राउ ग¥यो र उनलाई ५ वर्षका लागि जेल सजाय तोकियो । हिट्लरले त्यतिबेला आत्महत्याको प्रयाससमेत गरेका थिए । तर पछि बाँचेरै प्रथम विश्वयुद्धको बदला लिने योजना बनाए । ९ महिनापछि उनी जेलबाट रिहा भए । जेलबाट रिहा भएपछि हिट्लरको राम्रा दिन सुरु भए । सन् १९३२ मा हिट्लर राष्ट्रपतिको चुनावमा उठे । तर, उनी तत्कालिन राष्ट्रपति पाउल भोन हिन्डेनवर्गसँग पराजित भए । चुनावमा पराजित भए पनि सत्तामा आउन हिट्लरले धेरै समय पर्खनपरेन । सन् १९३३ को जनवरी ३० मा हिट्लरलाई राष्ट्रपति हिन्डेनवर्गले नै सत्ता सुम्पिए । उनी जर्मनीको चान्सलर नियुक्त भए । त्यसपछि उनले राष्ट्रपति हिन्डेनवर्गलाई बिस्तारै प्रभावमा पारेर शक्ति आफ्नो हातमा लिए । उनले साम्यवादी पार्टीलाई जर्मनीमा अवैध घोषित गरे । सन् १९३४ मा राष्ट्रपति हिन्डेनवर्गको मृत्युपछि हिट्लरले जर्मनीको सबै राज्यसत्ता आफ्नो कब्जामा लिए । उनी आफैँमा जर्मनीको राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधिशको शक्ति थियो । हिट्लरले यसबीच जर्मनीको सेनालाई बलियो बनाउनेदेखि जर्मन बेरोजगारलाई रोजगारी दिलाउनेसम्मको काम गरे । त्यस्तै हिट्लरले दमनको राजनीति सुरु गरे । उनी शक्तिमा आएपछि झन्डै ६० लाख यहुदीको हत्या गरे । सत्ता हातमा लिएपछि हिट्लरले युद्धलाई ध्यानमा राखेर जर्मनीको सैन्य शक्ति बढाउन थाले । उनले सबै जर्मनलाई सैनिक प्रशिक्षण अनिवार्य दिन निर्देशन दिए । प्रथम विश्वयुद्धपछि थुप्रै सन्धि गरेको जर्मनीले हिट्लर कार्यकालमा त्यस्ता सबै सन्धि तोड्यो । हिट्लरको उद्देश्य विशाल जर्मन साम्राज्य स्थापना गर्नुथियो । त्यसै योजनास्वरूप हिट्लरले छिमेकी राष्ट्र कब्जा गर्न थाले ।सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो । यतिबेला हिट्लरलाई जापान र इटलीसहित अन्य ३ राष्ट्रको मात्रै समर्थन थियो । त्यसमध्ये पनि जापानबाहेक अन्य देशले हिट्लरलाई पर्याप्त सहयोग गरेनन्, जबकि हिट्लरको विरुद्धमा बेलायत, फ्रान्स, सोभियत संघ, अमेरिका र चीनजस्ता राष्ट्र थिए । हिट्लरले सजिलै हार भने खाएनन्, विश्वयुद्धका दौरान रुसको मस्कोसम्म पनि उनले आफ्ना सेना पठाए । अन्ततः हिट्लर बिस्तारै एक्लो र कमजोर हुँदै गए । हिट्लरले हार निश्चित भएपछि ३० अप्रिल १९४५ मा आफ्नी प्रेमिका इवा ब्राउनसँगै गोली हानेर आत्महत्या ग¥यो । मृत्युभन्दा ४८ घण्टाअघि मात्रै हिट्लरले इवासँग बिहे गरेका थिए ।
हिट्लरकै हठका कारण विश्वयुद्ध सुरु भयो र अमेरिकाले जापानमाथि एटम बम प्रहार गरेपछि मात्रै सकियो । हिट्लरलाई आफ्नो हार सह्य थिएन । त्यसैले हिट्लरले विश्वयुद्धको हारपछि आत्महत्या गरे । त्यसो त, उनको जित वा हार दुवैलाई विश्वले बिर्सन सकेको छैन ।
आज विश्वभर नै लोकतन्त्रको आवाज उठ्ने गर्छ । अझ सुन्दर त, हामी पनि लोकतन्त्रको अभ्यास गरिरहेका छौँ । तर कुनै समय यस्तो पनि थियो, तानाशाहले संसारलाई आफ्नो मुठीमा राख्ने कोशिस गरेका थिए । तिनै तानाशाहमध्ये एक हुन्, एडोल्फ हिट्लर । उनको प्रभाव यस्तो थियो कि, संसारभरका शासकले हिट्लरबारे नसोचिरहन सक्दैनथे ।
बेलायती साम्राज्यले एक समय विश्वको सबैभन्दा धेरै भूभाग आफ्नो बनाएको थियो । जुलियस सिजर, कुब्ला खाँ र नेपोलियन बोनापार्टले पनि विश्व कब्जा गर्ने नीति लिएका थिए । तर, २०औँ शताब्दीमा तानाशाह बनेर विश्व जित्ने हिट्लरको अभियान निकै अविश्वसनीय तर प्रभावशाली थियो ।
हिट्लरको जन्म सन् १८८९ मा अस्ट्रियामा भएको थियो । उनले लिन्ज भन्ने ठाउँमा प्रारम्भिक शिक्षा लिए । पढ्नमा उनी कमजोर थिए, त्यसैले ८ कक्षा मात्रै पास गरे । १७ वर्षको उमेरमा बाबुको मृत्युपछि हिट्लर भियना पुगे । उनी केही काम गर्दैनथे, बस्न र खान आमाले केही पैसा पठाउँथिन् । त्यसैलाई फारोतिनो गर्थे उनी । उनले कहिल्यै चुरोट, रक्सी पिएनन् । राम्रो कपडा पनि लगाउँदैनथे । फेरि पनि आमाले पठाएको पैसाले उनलाई खान र बस्नलाई धौ–धौ नै हुन्थ्यो । जब सन् १९०७ को डिसेम्बरमा हिट्लरकी आमाको देहान्त भयो ।
आमाको देहान्त हुनुअघि उनले चित्र बनाएर सडकमा बेच्न थालेका थिए । उनले कोरेका चित्र राम्रै बिक्रि भइरहेका कारण हिट्लरलाई महान् चित्रकार बन्छु भन्ने भ्रम थियो । तर उनको घमण्ड भियना एकेडेमी अफ फाइन आर्टस्मा दुईपटक प्रवेश परीक्षा दिँदा चकनाचुर भयो । सन् १९०७ र ०८ मा प्रवेश परीक्षा दिएपनि एकेडेमीले हिट्लरलाई छनोट गरेन । परीक्षामा असफल भएपछि हिट्लरले आफ्ना चित्र प्रभावकारी छैनन् भन्ने ज्ञान पाए ।त्यतिबेलासम्म भियनाबाट निस्कने पत्रपत्रिकामा विश्वयुद्धमा यहुदीको भूमिकालाई लिएर आलोचना हुने गरेको थियो । त्यस्तै धर्मको पक्षमा समाचारहरू प्रकाशित हुन्थे । साम्यवादी व्यवस्था गलत छ भन्ने विषयमा पत्रपत्रिकाले वकालत गर्थे । हिट्लर नियमित रूपमा पत्रपत्रिका पढ्ने हुनाले उनको मस्तिष्कमा कम्युनिष्ट र यहुदीविरोधी भावना हावी भयो । उनी सन् १९१३ पछि जर्मनीको म्युनिख गए । विश्वयुद्ध जारी रहेको समयमा सन् १९१४ बाट हिट्लर जर्मनीको सेनामा आबद्ध भए । उनले फ्रान्समा भएको लडाइँमा भाग लिए । हिट्लर पैसाका लागि होइन, राष्ट्रवाद जोगाउने उद्देश्यले सेनामा भर्ति भएका थिए । सन् १९१८ मा जर्मनीले विश्वयुद्धमा नराम्ररी हारेपछि हिट्लरले एक वर्षपछि जागिर छोडे । त्यसो त उनले सन् १९१८ मै जर्मनी पराजयको बदला लिएरै छाड्ने घोषणा गरेका थिए । एक मामूली सिपाहीको घोषणालाई सबैले पागलपनको संज्ञा दिएका थिए ।
उनले सेनाको जागिर छाडेर राजनीतिमा लाग्नु उचित सम्झे । उनी जर्मन वर्कर्स पार्टीका संस्थापक एन्टोन ड्रिक्सलरको पँुजीवादविरोधी, माक्र्सवादविरोधी र राष्ट्रियतावादी सोचबाट प्रभावित थिए । यस पार्टीलाई जर्मन सेनाले समेत राम्रो नजरले हेरेको थियो । किनकि जर्मन सेना बढ्दो माक्र्सवादको प्रभावलाई निमिट्यान्न पार्न चाहन्थ्यो । सेप्टेम्बर १२ मा हिट्लर सर्वसाधारणको भेषमा जर्मन वर्कर्स पार्टीको सभामा पुगे । उनले त्यहाँ २५ जना व्यक्तिको उपस्थितिमा उनले आफ्नो भनाइ राखे । सुरुआतमा हिट्लर निकै नभर्स देखिएका थिए । तर, एक व्यक्तिले बाभारिया राज्यलाई कसरी जर्मनीबाट टुक्र्याएर अष्ट्रियासँग मिलाउन सकिन्छ भन्ने प्रश्न राखेपछि उनी भावुक बने । उनले त्यस व्यक्तिविरुद्ध थप १५ मिनेट बोले । उनको उग्र राष्ट्रवादी अभिव्यक्तिबाट प्रभावित वर्कर्स पार्टीका संस्थापक एन्टोन ड्रिक्सलरले हिट्लरलाई आफ्नो घोषणापत्र पढ्न आग्रह गरे । घोषणापत्र पढेपछि हिट्लर निकै खुसी भएका थिए । उनलाई एन्टोन ड्रिक्सलरले पार्टीको सदस्यता पनि दिए । उनलाई पार्टीको कार्यसमितिको बैठकमा डाकियो । हिट्लरले आफ्नो आत्मकथा ‘मैन काम्फ’मा उल्लेख गरेअनुसार त्यतिबेला यो पार्टीसँग कुनै योजना थिएन । त्यस्तै सदस्यता वितरणका लागि कार्ड तयार पारिएको थिएन र पार्टीको रबर स्ट्याम्पसमेत थिएन । आर्थिक रूपमा यो पार्टी निकै गरीब थियो । जर्मन वर्कर्स पार्टीको तत्कालिन अवस्थाबाट प्रभावित नभए पनि हिट्लर ड्रिक्सलरको सोचबाट प्रभावित थिए । उनले यस अव्यवस्थित पार्टीमै आफ्नो भविष्य देखे ।
एडोल्फ हिट्लरले पहिलो विश्वयुद्धमा सैनिकको काम गर्नेबाहेक अरु कुनै जागिर खाएका थिएनन् । उनी निकै अल्छी थिए । ३० वर्षको उमेरमा जर्मन वर्कर्स पार्टीमा आबद्ध भएपछि उनले यस पार्टीलाई कसरी बलियो बनाउने भन्ने एकतर्फी उद्देश्यमात्रै राखे । यस पार्टीमा हिट्लरसहित ७ जनाको कार्यसमिति थियो । उनले बिस्तारै साथीभाइ जम्मा गर्न प्रत्येक महिना आफ्ना कार्यसमिति सदस्यलाई नयाँ सदस्य लिएर आउन आग्रह गरे । तर थोरैमात्रै आए । त्यसपछि उनीहरूले स्टेशनरीमा गएर निमन्त्रणापत्र छाप्न थाले । अझै पनि पार्टीमा आकर्षण भएन । पत्रिकामा विज्ञापन गरेपछि बिस्तारै पार्टीको सार्वजनिक सभामा एक सयभन्दा बढीको सहभागिता भयो । यस बैठकमा हिट्लरले पहिलोपटक सार्वजनिक भाषण गरे । त्यतिबेला उनले ३० मिनेट भाषण गर्दै उपस्थिति सबैलाई राष्ट्रवादी सोचले प्रभावित बनाएका थिए । उनको भाषणबाट प्रभावितहरूले पार्टीलाई चन्दा दिन थाले । यसपछि जर्मन वकर्स पार्टीले हिट्लरलाई प्रत्येक सभामा मुख्य व्यक्तिका रूपमा प्रस्तुत गर्न थाल्यो । उनले वारसेल्स सन्धी र यहुदीहरू जर्मनीको समस्या रहेको बताउन थाले । बिस्तारै वर्कश पार्टीका सदस्य बढ्न थाले । उनले सन् १९२० सम्म आइपुग्दा पार्टीको प्रचार निकै बढाएका थिए । त्यस्तै सेनामा चिनेका युवालाई पनि पार्टीमा आबद्ध गरे । हिट्लरले पार्टीमा आबद्ध गरेका आर्मीका क्याप्टेन इर्नस्ट रोहमले पछि उनलाई शक्तिमा ल्याउन महत्वपूर्ण भूमिका खेले । वारसेल्स सन्धीपछि वाक्क भएका थुप्रै जर्मन सेनाहरूले यस पार्टीको सदस्यता लिन थाले । वर्कश पार्टीपछि बाभारिया क्षेत्रमा चर्चामा रहेका बाँकी सबै पार्टी माक्र्सवादी थिए । रुसझैँ जर्मन पनि कतै साम्यवादमा त प्रवेश गर्दैन भन्ने चिन्ता सर्वसाधारणमा थियो । हिट्लरले माक्र्सवादी र यहुदीलाई एउटै कित्तामा राखेर उनीहरू विरुद्ध प्रचारात्मक अभियान थाले । जर्मन वर्कर्स पार्टीको नाम परिर्वतन भयो र नेसनल सोसलिस्ट जर्मन वर्कर्स पार्टीका बन्यो । जसको छोटकरी नाम थियो, नाजी । यस पार्टीले सन् १९२० को अन्त्यसम्म आफ्नो सदस्यता ३ हजार पु¥याइसकेको थियो ।

सन् १९२१ मा यस पार्टीको नेता बनेपछि हिट्लरले पुरै जर्मनीमा आफ्नो प्रभाव बिस्तार गर्न थाले । जर्मनी यतिबेलासम्म प्रथम विश्वयुद्धका कारण थलिएको थियो । बेरोजगारी बढेको थियो र जर्मनीको पैसा मार्कको मूल्य निकै घटेको थियो । यही मौकाको फाइदा उठाएर हिट्लरले जर्मनीमा रहेको प्रजातान्त्रिक सरकारको विरुद्धमा अभियान सुरु गरे । सन् १९२३ सम्म आइपुग्दा नाजी पार्टीको सदस्यता ५५ हजार पुगिसकेको थियो । हिट्लरलाई सञ्चारमाध्यमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व दिन थालेका थिए । उनले सरकारविरोधी गतिविधि बढाए । सन् १९२४ मा हिट्लर सरकारविरोधी प्रदर्शनमा सहभागी हुँदा प्रहरी र विद्रोही पक्ष दुवैबीच गोली हानाहान भयो । यसपछि हिट्लरलाई प्रहरीले पक्राउ ग¥यो र उनलाई ५ वर्षका लागि जेल सजाय तोकियो । हिट्लरले त्यतिबेला आत्महत्याको प्रयाससमेत गरेका थिए । तर पछि बाँचेरै प्रथम विश्वयुद्धको बदला लिने योजना बनाए । ९ महिनापछि उनी जेलबाट रिहा भए । जेलबाट रिहा भएपछि हिट्लरको राम्रा दिन सुरु भए । सन् १९३२ मा हिट्लर राष्ट्रपतिको चुनावमा उठे । तर, उनी तत्कालिन राष्ट्रपति पाउल भोन हिन्डेनवर्गसँग पराजित भए । चुनावमा पराजित भए पनि सत्तामा आउन हिट्लरले धेरै समय पर्खनपरेन । सन् १९३३ को जनवरी ३० मा हिट्लरलाई राष्ट्रपति हिन्डेनवर्गले नै सत्ता सुम्पिए । उनी जर्मनीको चान्सलर नियुक्त भए । त्यसपछि उनले राष्ट्रपति हिन्डेनवर्गलाई बिस्तारै प्रभावमा पारेर शक्ति आफ्नो हातमा लिए । उनले साम्यवादी पार्टीलाई जर्मनीमा अवैध घोषित गरे । सन् १९३४ मा राष्ट्रपति हिन्डेनवर्गको मृत्युपछि हिट्लरले जर्मनीको सबै राज्यसत्ता आफ्नो कब्जामा लिए । उनी आफैँमा जर्मनीको राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधिशको शक्ति थियो । हिट्लरले यसबीच जर्मनीको सेनालाई बलियो बनाउनेदेखि जर्मन बेरोजगारलाई रोजगारी दिलाउनेसम्मको काम गरे । त्यस्तै हिट्लरले दमनको राजनीति सुरु गरे । उनी शक्तिमा आएपछि झन्डै ६० लाख यहुदीको हत्या गरे । सत्ता हातमा लिएपछि हिट्लरले युद्धलाई ध्यानमा राखेर जर्मनीको सैन्य शक्ति बढाउन थाले । उनले सबै जर्मनलाई सैनिक प्रशिक्षण अनिवार्य दिन निर्देशन दिए । प्रथम विश्वयुद्धपछि थुप्रै सन्धि गरेको जर्मनीले हिट्लर कार्यकालमा त्यस्ता सबै सन्धि तोड्यो । हिट्लरको उद्देश्य विशाल जर्मन साम्राज्य स्थापना गर्नुथियो । त्यसै योजनास्वरूप हिट्लरले छिमेकी राष्ट्र कब्जा गर्न थाले ।सन् १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो । यतिबेला हिट्लरलाई जापान र इटलीसहित अन्य ३ राष्ट्रको मात्रै समर्थन थियो । त्यसमध्ये पनि जापानबाहेक अन्य देशले हिट्लरलाई पर्याप्त सहयोग गरेनन्, जबकि हिट्लरको विरुद्धमा बेलायत, फ्रान्स, सोभियत संघ, अमेरिका र चीनजस्ता राष्ट्र थिए । हिट्लरले सजिलै हार भने खाएनन्, विश्वयुद्धका दौरान रुसको मस्कोसम्म पनि उनले आफ्ना सेना पठाए । अन्ततः हिट्लर बिस्तारै एक्लो र कमजोर हुँदै गए । हिट्लरले हार निश्चित भएपछि ३० अप्रिल १९४५ मा आफ्नी प्रेमिका इवा ब्राउनसँगै गोली हानेर आत्महत्या ग¥यो । मृत्युभन्दा ४८ घण्टाअघि मात्रै हिट्लरले इवासँग बिहे गरेका थिए ।
हिट्लरकै हठका कारण विश्वयुद्ध सुरु भयो र अमेरिकाले जापानमाथि एटम बम प्रहार गरेपछि मात्रै सकियो । हिट्लरलाई आफ्नो हार सह्य थिएन । त्यसैले हिट्लरले विश्वयुद्धको हारपछि आत्महत्या गरे । त्यसो त, उनको जित वा हार दुवैलाई विश्वले बिर्सन सकेको छैन ।
No comments:
Post a Comment