Friday, December 25, 2015

आयो फलफूलको बासना आउने सुगन्धित गिलास, अब पेटभरी पिउन सकिन्छ पानी

आयो फलफूलको बासना आउने सुगन्धित गिलास, अब पेटभरी पिउन सकिन्छ पानी 
Juce
विश्वमा एक चौथाइ बालबालिका मोटोपनाका सिकार छन् र उनीहरु विस्तारै मधुमेहबाट पनि ग्रसित हुन्छन् । बच्चाबच्चीदेखि लिएर बुढापाका सम्मै यो समस्या बढिरहेको छ । यसको प्रमुख कारण भनेको पानी कम पिउनु हो । धेरै मानिस दिनभर ज्यान सुकाएर काम गर्छन्, विभिन्न खानेकुरा खान्छन् तर पानी पिउन मन गर्दैनन् । सायद यहीँ समस्यालाई मध्यनजर एक वैज्ञानिकले यस्तो सुगन्धित गिलास बनाएका छन् जसबाट मनग्गे पानी पिउन सकिन्छ ।
स्वस्थ रहनका लागि दिनमा ८ गिलास पानी पिउनुपर्ने बाध्यतालाई यो गिलासले सहज बनाउने दाबी गरिएको छ ।
दी राइट कप नामको यो गिलासको आविष्कारक हुन् अमेरिकाका आइज्याक लेभी । यो सुगन्धित गिलासमा पानी पिउँदा पानीको स्वाद फलफूलको जुस जस्तै लाग्छ र मनग्गे पानी पिउन सकिन्छ ।
यो प्लास्टिकको गिलास हानिकारक रसायन बिपिए मुक्त छ । ३० वर्षको उमेरदेखि नै मधुमेहबाट ग्रसित बनेका आइज्याकलाई डाक्टरहरुले गुलियो कुरा नखान र सादा पानी पिउन सुझाव दिएका छन् । तर पानीमा कुनै स्वाद नहुने भएकाले उनलाई धेरै पानी पिउन निकै गाह्रो हुने गर्छ । त्यहीँ समस्याबाट उनले एउटा जुक्ति निकाले फलको बास्ना आउने गिलास । उनले ६ वर्षको अनवरत अनुसन्धान र प्रयासपछि यो गिलासको निर्माण गर्न सफल भएका हुन् ।
यो गिलास विभिन्न ४ थरी फलफूलको स्वादमा पाइन्छ र यसको मूल्य ३५ डलर पर्छ । थप ४ फलपफूलका स्वादमा नयाँ गिलास उत्पादन गर्ने लक्ष्य उनको रहेको छ ।
यो गिलास बनाउन प्रयोग गरिएको पदार्थमै सम्बन्धित फलफूलको फ्लेभरयुक्त तत्व मिसाइएको हुन्छ । यसले फलफूल्को जस्तो बासना पैदा गर्छ । साथै यसमा सोही स्वादयुक्त प्रविधिसमेत प्रयोग गरिने हुँदा मानिसले पानीलाई समेत सम्बन्धित फलफूल्को जुस जस्तै स्वादिलो मान्दछ र मनग्गे पिउन सक्छ ।
एउटा गिलासको स्वादले ६ महिनालाई धान्ने बताइएको छ । तर यसलाई डिसवासरमा नभै हातले नै माझ्नुपर्छ ।

No comments:

Post a Comment