Friday, December 25, 2015

४५ सेकेण्डकी ब्रम्हाण्ड सुन्दरीलाई पोर्न फिल्मको अफर

guetrazaउद्घोषकको गल्तीका कारण ४५ सेकेण्डका लागि यो वर्षको मिस युनिभर्स अर्थात् ब्रम्हाण्ड सुन्दरी बन्न सफल भएकी कोलम्बियाली सुन्दरीले पोर्न फिल्म खेल्नका लागि अफर प्राप्त गरेकी छिन् ।
चर्चित पोर्न फिल्म निर्माता कम्पनी भिभिड इन्टरटेनमेन्टले उनलाई पोर्न फिल्म खेल्नका लागि झण्डै साढे १० करोड रुपैयाँको अफर गरेको हो ।
हालै भएको मिस युनिभर्स प्रतियोगिताको विजेता घोषणा क्रममा उद्घोषक अल्मलिँदा कोलम्बियाकी सुन्दरी अरियाडना गुटिरेजले ४५ सेकेण्डका लागि ताज पहिरिन पाएकी थिइन् ।
फाइनलमा गुटिरेजसँगै फिलिपिनो सुन्दरी पिया अलेन्जो पुगेका थिए । वास्तवमा मिस युनिभर्सको उपाधि अलेन्जोले जितेकी थिइन् तर उद्घोषकले भुलबस अलेन्जोको साटो फस्र्ट रनर अप बनेकी गुटिरेजको नाम विजेताको रुपमा घोषणा गरेपछि पूर्व ब्रम्हाण्ड सुन्दरीले उक्त ताज गुटिरेजको शिरमा पहिराइदिएकी थिइन् । तर आयोजकले तत्कालै गल्ती सच्चाए र खास विजेता अलेन्जो भएको भन्दै गुटिरेजको शिरबाट ताज निकालेर अलेन्जोको टाउकोमा लगाइदिए ।
ब्रम्हाण्ड सुन्दरीको ताज ४५ सेकेण्डमै खोसिएपछि मर्माहत बनेकी गुटिरेजले एकछिन त आफुलाई सम्हाल्नै सकिनन् तर पछि सम्हालिइन् ।
भाग्य भनौँ वा दुर्भाग्य ४५ सेकेण्डका लागि ब्रम्हाण्ड सुन्दरी बन्न सफल गुटिरेजलाई अमेरिकी कम्पनीले मोटो रकम अफर गर्दै पोर्न फिल्ममा खेल्न प्रस्ताव गरेको छ । कम्पनीका प्रमुख स्टिभ हिर्शले उनलाई पत्र लेख्दै पोर्न फिल्ममा उनलाई गज्जबको ताज पनि पहिराइदिने र त्यो ताज मिस युनिभर्सले लगाएको भन्दा राम्रो तथा ठूलो हुने बताएका छन् । तर यस्तो अफरका बारेमा गुटिरेजले भने केही बोलेकी छैनिन् । यदि उनले यो अफर स्विकारेमा उनको ब्रम्हाण्ड सुन्दरी प्रतियोगितामा फस्र्ट रनर अप भएको उपाधि पनि खोसिनेछ ।
- See more at: http://www.onlinekhabar.com/2015/12/366741/#sthash.WKXo4yLT.dpuf

No comments:

Post a Comment