काठमाडौं–भारतद्घारा गरिएको अघोषित नाकाबन्दीको मारमा सिङ्गो देश छ । यसबाट किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा पढ्ने विद्यार्थीहरु पनि कसरी अछुतो रहन सक्थे र !
नाकाबन्दीपछि राजधानीमा ग्यास, तेलको हाहाकार भयो भने महङ्गी पनि त्यस्तै चुलियो । बिद्यार्थीहरुको यस समस्यालाई मध्यनजर गर्दे किर्तिपुर त्रिभुवन विश्व बिद्यालयका विद्यार्थी नेता मनोज गोप यादवको अग्रसरतामा समस्याको हलस्वरुप सामुहिक मेस चलाउने निर्णय भयो ।
निर्णअनुसार विद्यार्थीको एउटा टिम बन्यो । त्रिभुवन विश्व बिद्यालय समितिले पनि जङ्गल बाट ढलेका दाउरा निशुल्क उपलब्ध गरायो । साथै पानीको व्यवस्था पनि गरिदियो ।
त्रिभुवन विश्व बिद्यालयका नियमित ४०० विद्यार्थीहरु जो समस्यामा छन् तिनीहरुलाई दिनको २ छाक ६० रुपैयाँमा गान्धी भवनको प्राङ्गणमा खुवाइन्छ । पुस २ देखि चलेको सामुहिक मेस पुस १४सम्म चल्ने छ ।
विद्यार्थी नेता यादवका अनुसार १०० जनालाई खाना खुवाँउदा प्रतिव्यक्ति ३३ रुपैयाँ पर्न आउँछ । तर मेसमा खाना खाने १०० जना भन्दा बढी विद्यार्थीहरु भएकाले अहिले छाकको रु३० मा खाना खुवाइन सम्भव भएको हो ।

यसो त मेसमा त्रिभुवन विश्व बिद्यालय प्रसाशनका स्टाफहरुले पनिसहयोग गरेका छन् ।
खाना बनाउने समुहमा ५ जना छन् भने ३० जना स्वयंमसेवकहरु छन् । सामुहिक मेस निकै व्यवस्थित छ , खाना खानका लागि नाम दर्ता गराएका विद्यार्थीहरुले ३० रुपैयाँ बुझाएपछि कुपन र प्लेट पाउँछन् अनि खाना खान बस्छन् । पेपरको प्लेट भएकोले पछि जम्मा गरी जलाउने गरिन्छ ।

- See more at: http://www.ratopati.comखाना बनाउने समुहमा ५ जना छन् भने ३० जना स्वयंमसेवकहरु छन् । सामुहिक मेस निकै व्यवस्थित छ , खाना खानका लागि नाम दर्ता गराएका विद्यार्थीहरुले ३० रुपैयाँ बुझाएपछि कुपन र प्लेट पाउँछन् अनि खाना खान बस्छन् । पेपरको प्लेट भएकोले पछि जम्मा गरी जलाउने गरिन्छ ।

No comments:
Post a Comment