Tuesday, December 22, 2015

भृकुटीमण्डपको ब्लडबैंक बालकुमारी सर्यो, अब रगत लिन भृकुटीमण्डप होइन बालकुमारी नै जानुपर्ने

भृकुटीमण्डपको ब्लडबैंक बालकुमारी सर्यो, अब रगत लिन भृकुटीमण्डप होइन बालकुमारी नै जानुपर्ने




बालकुमारीमा रहेको इमरजेन्सी व्लडबैंक
नेपालीहेल्थ / काठमाडौँ-
विरामीका लागि रगत लिन अब बालकुमारी पुग्नु पर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटीले भृकुटीमण्डपमा सञ्चालन गर्दै आएको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र( व्लड बैंक) ललितपुरको बालकुमारीमा रहेको आकस्मिक रक्तसञ्चार सेवा भवनमा सारेपछि रगत लिन बालकुमारी पुग्नुपर्ने भएको हो ।
गत १२ बैशाखको महाभूकम्पले भृकुटीमण्डपको मुख्य भवनमा क्षति पुरयाएपछि सो भवन भत्काई नयाँ निर्माण गर्न रेडक्रसले केही बर्षका लागि व्लडबैंक सार्न लागेको हो । भृकुटीमण्डममा नयाँ भवन बनेपछि व्लडबैंक सेवा पुन पुरानै ठाँउमा फर्कने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।
व्लड बैकका सिनियर मेडिकल अफिसर डा प्रकाशकुमार यादवले सोमबार( ६ पुस)बाट भृकुटीमण्डपको सेवा बालकुमारीबाट दिने तयारी भएको बताए । यद्धपी उनले एक दुई दिन भृकुटीमण्डपबाट पनि आंशिक सेवा दिइने जानकारी दिए ।
ब्रिटिस रेडक्रसको सहयोगमा ३ करोड लागतमा निर्माण भएको बालकुमारीको आकस्मिक रक्तसञ्चार केन्द्र गत ५ बैशाख देखी सञ्चालनमा आएको हो । भूकम्प प्रतिरोधी अन्तराष्ट्रिय स्तरको सो व्लडबैक ९ रेक्टरस्केलसम्मको भूकम्प सहजै थेग्ने बताइएको छ । सञ्चालनमा आएको एक साता पछि अर्थात १२ बैशाखको महाभूकम्प थेगेको सोही भवनमा भृकुटीमण्डपको व्लड बैक सार्न लागिएको हो ।
व्लडबैंकका लेखा अधिकृत इश्वरी पन्तले भृकुटीमण्डममा अन्तराष्ट्रियस्तरको व्लडबैंक बनाउने तयारी भएकोले अस्थायी रुपमा व्लडबैंक बालकुमारी सारिएको बताए । उनले भृकुटीमण्डममा भवन तयार भएपछि बैंक पुन फर्किने बताए । पन्तले ललितपुर रेडक्रसको सहकार्यमा पुल्चोकस्थित हृदयरोग प्रतिष्ठानको कार्यालयबाट पनि रगत वितरणको व्यवस्था गर्ने तयारी भएको जानकारी दिए ।

बालकुमारीमा रहेको ब्लडबैंकमा कसरी पुग्ने ? नक्सामा हेर्नुस 
: - See more at: http://www.nepalihealth.com/2015/12/20/2145/#sthash.wRR9U48z.X6UzItID.dpuf

No comments:

Post a Comment