Monday, April 25, 2016

शरीरबाट पसिनाको दुर्गन्ध हटाउने ८ घरेलु उपाय

armpit
गर्मी महिना लाग्नासाथ अत्याधिक पसिना आउने समस्या प्रायः सबैलाई सताउन थालिहाल्छ । काखी र खुट्टा गन्हाउने समस्याले पीडितहरुका लागि गर्मी महिना अभिशाप जस्तै बन्छ ।
धेरैलाई दैनिक नुहाइधुवाइ गरेर कपडा फेर्दा पनि पसिनाको दुर्गन्धले सताइरहेकै हुन्छ ।
गर्मीमा समान्य रुपमा आउने पसिनाले शरीमा छाड्ने दुर्गन्ध हटाउन कतिपयलाई पफ्र्युमले पनि सहयोग गर्न सकिरहेको हुँदैन । तर, केही त्यस्ता घरेलु उपायहरु अपनाउन थाल्नुभयो भने तपाईंलाई यो समस्याबाट हल पाउन खासै मुस्किल पर्नेछैन ।
कागतीः कागतीको प्रयोग पसिनाको दुर्गन्ध मेटाउने राम्रो उपाय हो । यसले छालामा रहेको पीएच लेभललाई घटाउँछ । जसले पसिनामा रहेको ब्याक्टेरिया फैलनबाट रोकेर दुर्गन्धबाट मुक्ति दिन सहयोग गर्छ । यसका लागि कागति काटेर यसको आधा भागलाई काखीमुनी दल्नुपर्छ । कागतीको रस निचोरेर त्यसलाई नरम कपडामा राखेर पनि काखी मुनि रगड्न सकिन्छ ।
गुलाब जलः पसिनाको दुर्गन्धलाई भगाउने सबैभन्दा सजिलो तरिका हो गुलाबजल । यसका लागि नुहाउने पानीमा केहि थोपा गुलाबजल मिसाउनुपर्छ । यसले शरीरमा लामो समयसम्म पसिनामा दुर्गन्ध आउन दिँदैन । यसले एक प्राकृतिक डियोड्रेन्डको काम समेत गर्दछ ।
नीमको पातः नीमको पातले पनि शरीरमा दुर्गन्ध फैलन रोक्छ । दुर्गन्धको साथमा नीमको पातले शरिमा फैलिएको ब्याक्टेरियालाई समेत मेटाउँछ । यसका लागि थोरै निमको पातलाई पानीमा उमालेर पानीलाई छान्नुपर्छ । त्यसपछि नुहाउने बेलामा अरु पानीमा त्यसलाई मिसाएर नुहाउनुपर्छ । यो पानीले नुहाएमा पसिनाको दुर्गन्धबाट मुक्ति पाउन गाह्रो पर्दैन ।
बेकिङ सोडाः पसिनाको दुर्गन्ध हटाउन अर्को घरलु उपाय हो बेकिंग सोडा । यसलाई काखीमुनि लगाउँदा सबै दुषित पदार्थलाई सोसेर सफाइ गर्छ । यसले बडी अर्डरको समस्याबाट मुक्ति दिन्छ । घरमा भएको बेकिङ सोडालाई सामान्य रुपवमा प्रयो गर्ने बानी बसाल्नुभयो भने दुर्गन्ध वरपर पर्दैन ।
पुदिनाः पुदिनाको सहयोगमा पनि पसिनाको दुर्गन्धलाई टाढा पठाउन सकिन्छ । पुदिनाको पातलाई उमालेर त्यसलाई छानेर नुहाउने पानीमा मिसाएर प्रयोग गर्दा यसले पसिनामा रहेको ब्याक्टेरियालाई मेटाउँछ । यसले गर्दा शरीरमा ‘फ्रेसनेश’ पनि आउँछ ।
बेसनः बेसन पनि पसिनाको दुर्गन्धको शुत्र नै हो । थोरै बेसनलाई दही मिसाएर बनेको पेस्ट प्रयोग गर्दा पनि पसिनामा हुने दुर्गन्धबाट बच्न सकिन्छ । यो पेस्टलाई नुहाउनुभन्दा अघि शरीरमा लगाउनुपर्छ । १० मिनेटपछि त्यसलाई पखाल्नुपर्छ । यसले दुर्गन्धयुक्त पसिनालाई बाहिर निकाल्छ र दुर्गन्धबाट मुक्ति दिन्छ ।
महः मह पनि चानचुने औषधी होइन । यसले पनि पसिनाको दुर्गन्धलाई हटाउन र त्यसबाट बच्न सहयोग गर्छ । नुहाउनासाथ पानीमा एक चम्चामा मह मिलाएर काखीमुनि सफा गर्नुपर्छ । यसबाट पनि पसिनाको दुर्गन्ध हट्छ ।
हाइड्रोजन पेरोक्साइडः हाइड्रोजन पेरोक्साइडको प्रयोग पनि पसिनको दुगन्धबाट बच्ने सरल उपाय हो । यसलाई एक चम्चा आधा कप पानीमा मिसाएर दिनमा ३-४ पटक काखी मुनि लगाउादा तपाईको शरीरबाट निस्कने दुग्नध निर्मुल हुन्छ ।

उच्च रक्तचापबाट छुटकारा पाउने दर्जन उपाय

blood-pressureउच्च रक्तचाप निकै जटिल स्वास्थ्य समस्या हो । किनकी यसले हृदयाघात तथा मृगौला फेल हुने जस्ता समस्या पनि निम्त्याउँछ ।
रक्तचाप नियन्त्रणका लागि विभिन्न खाले औषधिहरुको प्रयोग समेत गर्ने गरिन्छ । तर यसलाई केही साइड इफेक्ट हुन्छन्:  जस्तै खुट्टा बाउँडिने, आँखा तिरमिराउने आदि । तर औषधिको सेवन नगरीकनै रक्तचाप सन्तुलित गराउन सकिन्छ । रक्तचाप नियन्त्रणका प्राकृतिक उपाय निम्न छन् :
पर्याप्त हिँडडुल गर्नुहोस् । हिँडडुल तथा हल्का व्यायामले मुटुलाई अक्सीजनको उच्चतम उपयोग गर्न सहयोग गर्छ । यसो गर्दा मुटुलाई बढि रगत पम्प गर्नु पर्दैन र ब्लड प्रेसर उच्च हुने जोखिम कम हुन्छ ।
लामो तथा विस्तारै स्वास फेर्ने तथा योगा गर्ने गर्नुहोस् । यसो गर्दा स्ट्रेस हर्मोनको उत्पादन कम हुन्छ । यसले मृगौलाले उत्पादन गर्ने रेनिन इन्जाइमको उत्सर्जन पनि कम हुन्छ ।
रेनिन इन्जाइमको उत्पादन धेरै भयो भने रक्तचाप बढ्छ । बिहान र बेलुकी कम्तीमा पनि ५-५ मिनेट लामो स्वास लिने तथा फ्याँक्ने अभ्यास गर्नुहोस् । योगा तथा ध्यानलाई पनि जिवनको अभिन्न अंग बनाउनुहोस् ।
आलु तथा पोटासियम युक्त फलफूलको सेवन प्रसस्त गर्नुहोस् ।
नुनको सेवन घटाउनुहोस् । अर्थात् बढि नुन नखानुहोस् ।
चकलेट खानुहोस् । उच्च गुणस्तरयुक्त चकलेटहरुमा फ्लाभिनोल भन्ने तत्व पाइने भएकाले यसले रक्तनलीलाई फराकिलो बनाउँछ र रक्तचाप सन्तुलिन बनाउन सहयोग गर्छ ।
अल्कोहलको सेवन कम गर्नुहोस् । अल्कोहलको सेवन बढि गर्ने मानिसमा उच्च रक्तचापको जोखिम बढि हुन्छ ।
कफीको सेवन पनि कम गर्नुहोस् । कफीमा पाइने केफाइन तत्वले रक्तचाप बढाउन सहयोग गर्छ ।
चिया पिउनुहोस् । गि्रन टी ले अझ रक्तचाप घटाउन ठूलो सहयोग गर्छ ।
काममा बढि व्यस्त नबन्नुहोस् । काममा बढि व्यस्त हुँदा तनाव बढ्ने तथा रक्तचाप उच्च हुने जोखिम हुन्छ । त्यसैले समयतालिका बनाएर काम गर्नुहोस् र फुर्सदको समय निकालेर रमाइलो गर्नुहोस् ।
मनपर्ने गीत संगीत सुन्नुहोस् । संगीत सुन्दा रक्तचाप कम हुने इटालीमा भएको एक अध्ययनले देखाएको छ ।
सुतेको बेला घुर्ने बानी छ ? यदि छ भने विचार गर्नुहोस् । तपाइँमा उच्च रक्तचापको समस्या हुनसक्छ । त्यसैले जँचाइहाल्नुहोस् ।
बोसोयुक्त खाद्यपदार्थको बढि सेवन नगर्नुहोस् । त्यसको साटो रेशादार खाद्यपदार्थ तथा सागपातको पर्याप्त सेवन गर्नुहोस् ।

वैवाहिक जीवनलाई सुखी राख्न सजिवनको सुप

sahajan
सजिवन विभिन्न किसिमका रोगका बिरामीलाई औषधिका रुपमा प्रयोग गरिन्छ । सर्दी, खोकी, घाँटी तथा छातिको समस्यामा यो अचुक औषधि मानिन्छ ।
सजिवन तरकारी बनाएर वा उसिनेर पनि प्रयोग गर्न सकिन्छ । पानीमा उमालेर त्यसलाई पिउनु पनि निकै फाइदाजनक हुन्छ । श्वासप्रश्वासका समस्या भएका बिरामीलाई पनि उपयुक्त हुन्छ ।
सजिवनको सुप स्वास्थ्यका लागि सबैभन्दा राम्रो हुन्छ । यसका प्रचुर मात्रामा भिटामिन सी पाइन्छ । यसबाहेक बिटा केरोलिन, प्रोटिनसहित थुप्रै पौष्टिक तत्वहरु पनि यसमा हुन्छन् । म्यागेनिज, म्याग्नेसीयम, पोटासीयम र फाइबर पनि अत्याधिक हुन्छ ।
कसरी बनाउने सुप ?
सजीवनलाई छोटा-छोटा टुक्रा बनाउनुस् । दुई कप पानीलाई उमाल्नुस् । उम्लिएको पानीमा काटिएका सजिवनको टुक्रा राखिदिनुस् । यसमा तपाईं चाहानुहुन्छ भने सजिवनको पात पनि हाल्न सक्नुहुन्छ । उम्लिएर पानी आधा भएपछि सजिवनको बोक्रा निकालेर गुदीलाई मात्रै राख्नुस् । यसमा थोरै कालो मरिच र नुस राखे पिउनुस् ।
सजिवनका सुपका फाइदाहरु
१. सजिवनको सुप सेवानले यौन स्वास्थ्यलाई सुन्तुलनमा राख्न सकिन्छ । यसले महिला र पुरुषको यौन स्वास्थ्यमा सामन खालको प्रभाव छोड्छ । यसले वैवाहिर र यौन जीवनलाई सुखीराख्न सहयोग गर्छ ।
२. सजिवनमा एन्टी ब्याक्टेरियल गुणहरु पनि हुन्छन् । जसले अन्य विभिन्न संक्रमणहरुबाट सुरक्षित राख्न मद्धत गर्छ ।
३. सजिवनको सुपले पाचन प्रणालीलाई पनि चुस्त राखिदिन्छ । यसमा भएको फाइबरले कब्जियतको समस्या हुन दिँदैन ।
४. दमका बिरामीहरुलाई पनि सजिवन फाइदाजनक हुन्छ । चिसो गढेर सर्दी भोगिरहेका र घाँटी तथा छातिमा समस्या भएकाहरुलाई यसले विशेष फाइदा पुर्‍याउँछ ।
५. सजिवनको सुप रगतको सफाइमा सहयोगी हुन्छ । रगत सफा भएपछि मान्छेको अनुहारमा पनि चमक आउँछ ।
६. मधुमेह नियन्त्रण्मा राख्न पनि डाक्टरहरुले सजिवनको सुप प्रयोग गर्न सल्लाह दिन्छन् ।

Sunday, April 24, 2016

विद्यार्थीलाई चिट चोर्नबाट रोक्ने अनौठा उपायहरु (फोटो फिचर)

परीक्षामा कतिपय चिट चोर्ने बानी परेका परीक्षार्थीहरुले हैरान नै पार्दछन् । आखिर चिट नै चोर्न दिने हो भने परीषाको अर्थ नै के रह्यो र ?
परीक्षा खुकुलो बनाएर परीक्षार्थीहरुलाई चिट चोर्न दिँदा अब्बल विद्यार्थीहरुलाई मार पर्दछ । अझ प्रतियोगितात्मक परीक्षामा त चिट चोराइले असल विद्यार्थीलाई ठूलो घाटा हुने गर्दछ ।
त्यसैले चाहे स्कुल कलेजमा होस् वा कुनैपनि प्रतियोगितात्मक परीक्षामा । चिट चोर्नलाई निरुत्साहित नै गरिएको हुन्छ ।
तर कहिलेकाहीँ चिट चोर्नबाट रोक्नका लागि अलिक कडा तथा अनौठा विधिको पनि प्रयोग गरिँदो रहेछ विभिन्न देशमा ।
चिट चोर्नबाट रोक्ने केही अनौठा विधिका तस्वीरहरु साँच्चीकै हाँसो उठाउने खालका छन् । हेरौँ नः
funny cheating1यो थाइल्याण्डको केसेटसार्ट विश्वविद्यालयको दृश्य हो । विद्यार्थीले यताउति आँखा डुलाउँछन् भनेर परीक्षामा बसेको बेला यसरी घोडालाई जस्तै आँखा छोप्ने कागज टाउकोमा झुण्डाइन्छ त्यहाँ ।
examयो त भोट हाल्दाखेरि लुकाएर छाप हान्ने ठाउँजस्तो पो छ । यसो भयो भने परीक्षार्थीले न त अरुको कपी सार्न पाउँछन्, न त उनीहरुको कपी अरुले नै सार्न पाउँछन् ।
indian_army examयो हो भारतको तस्वीर । भारतीय सेनामा भर्ति हुनका लागि परीक्षा दिइरहेका युवाहरु । उनीहरुलाई चिट चोर्नबाट रोक्नका लागि नाँगेझार पारेर केवल कट्टु मात्र लगाउन दिइएको थियो । यसको भारतभित्रै निकै आलोचना पनि भयो ।
china cheet_testयो हो चीनको दृश्य । चीनमा विद्यार्थीहरुले गर्ने चिटिंगलाई राष्ट्रिय रोगकै रुपमा लिइन्छ र नियन्त्रत्रणका लागि कडा उपाय अपनाइन्छ । एकजना विश्वविद्यालयकी परीक्षार्थी छात्राको जिउमा मेटल डिटेक्टरले जाँच गर्दै महिला परीक्षा अधिकारी । चीनमा विद्यार्थीले बोकेका चिट पत्ता लगाउने विशेष यन्त्रको प्रयोग समेत गरिन्छ ।
exam_cheating3यो पनि भारतकै एक विद्यालयको दृश्य । कक्षामा विद्यार्थीहरुले परीक्षा दिइरहेको बेला शिक्षक चाहीँ कक्षाको एउटा कुनामा दराजको माथि चढेर निगरानी गरिरहेका छन् ।
droonबेल्जियममा चाहीँ विद्यार्थीलाई चिट चोर्नबाट रोक्नका लागि क्यामरा सहितको ड्रोन नै प्रयोग गरिन्छ । यो चाहीँ थोमस मोर कलेजको दृश्य हो ।
exam_cc_cameraचीनमा नेसनल कलेज प्रवेश परीक्षामा सहभागी हुने ९० लाख विद्यार्थीको निगरानीका लागि हरेक वर्ष सिसिटीभीकै व्यवस्था गरिएको हुन्छ ।
thiland exam_cheatingयो चाहीँ थाइल्याण्डको दृश्य । त्यहाँको नागरिक उड्ययन केन्द्रले कर्मचारी भर्नाका लागि लिएको प्रतियोगितामा परीक्षार्थीहरुले अर्को परीक्षार्थीले लेखेको कुरा सार्न चिट चोर्न नसकुन् भन्नका लगि टाउकोलाई कागजको बाकसले नै छोपिदिएको थियो ।
exam _cheating चिट निर्मूल अभियानमा चीन नै सबैभन्दा अगाडि देखिएको छ । माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई परीक्षा दिनका लागि यसरी बाहिर ग्राउण्डमै २।३ मिटरको दूरीमा राखेर कडा तरिकाले परीक्षा लिइन्छ ।
phone_cheat_chinaफोन चाहीँ अहिले चिट चोर्ने सबैभन्दा सजिलो माध्यम भएको छ । त्यसकारण परीक्षा अगाडि शिक्षकहरुले सबै विद्यार्थीका फोन खोसेर यसरी नाम अनुसार राख्ने गरेका छन् । यसबाट कसले आफ्नो फोन दियो वा दिएन थाहा भैहाल्छ ।