Thursday, January 7, 2016

चीनमा भयो लास जलाउने प्रतियोगिता

चीनमा भयो लास जलाउने प्रतियोगिता
China (3)जिउँदो मानिसले त विभिन्न खाले प्रतियोगितामा भाग लिएको स्वभाविकै हो । तर दुनियामा यस्तो एउटा प्रतियोगिता छ जुन प्रतियोगितामा जिउँदा मानिसहरु होइन मरेका मानिसहरुलाई सहभागी गराइन्छ अनि तिनै लाशहरुलाई कति राम्रोसँग जलाउने भन्ने प्रतियोगितामा मलामीहरु भिड्दछन् ।
हो, हालै चीनमा यस्तै लाशहरुको प्रतियोगिता भएको छ । चीनको बेइजिंगमा हालै दाहसंस्कार सीप प्रतियोगिता भएको छ । डिसेम्बर २७ मा भएको उक्त प्रतियोगितामा देशका ५४ जना नामूद दाहसंस्कार प्राविधिकहरुले भाग लिए ।
चाइना डेलीका अनुसार प्रतियोगी दाहसंस्कार प्राविधिकहरुले राष्ट्रिय दाहसंस्कार मापदण्ड बमोजिम कत्तिको उत्कृष्ट तरिकाले लाशको दाहसंस्कार गर्न सके भन्ने आधारमा निर्णायकहरुले उनीहरुलाई नम्बर प्रदान गरेका थिए । त्यसमा दाहसंस्कार प्राविधिकहरुको शवदाह गृहको ढाँचा र तयारी, शव ल्याउने, राख्ने तथा जलाउने प्रक्रिया, शवदाह पछि अस्तु संकलन तथा उपकरणहरु जडान तथा मर्मत लगायतका सीपको परीक्षण गरिएको थियो ।
China (1)
सरकारी निकायले नै पहिलोपटक उक्त प्रतियोगिता आयोजना गरेको हो । चिनिया सरकारी माध्यम सिन्ह्वाका अनुसार प्रतियोगितामा उत्कृष्ट तिन स्थान बेइजिंगको बाबाओसान शवदाह गृहका दाहसंस्कार प्राविधिकहरुले हात पारे भने चौथो स्थान नानचांग सहरका प्रतियोगीको नाउँमा रह्यो ।
स्मरण रहोस् चीनमा हरेक वर्ष मृत्यु हुने १ करोड मानिसमध्ये आधाको शव जलाइन्छ भने अरु आधाको अन्त्येष्टि अन्य प्रक्रियाबाट हुने गरेको छ ।

No comments:

Post a Comment