Monday, January 4, 2016

बसपार्कमा यसरी पल्टी गरिन्छ ग्यासको सिलिण्डर !(असुरक्षित 'ग्यास बोटलिङ प्लान्ट' मा बिस्फोटनको खतरा) भिडियो सहित

बसपार्कमा यसरी पल्टी गरिन्छ ग्यासको सिलिण्डर !(असुरक्षित 'ग्यास बोटलिङ प्लान्ट' मा बिस्फोटनको खतरा) भिडियो सहित...
Gas-Boatling
ध्रुव भट्टरार्इ
२० पुुस, बिराटनगर । ‘चोरका हजार दाऊ’ भन्ने आहानलाई चरितार्थ गरेका छन् बिराटनगरका केही व्यापारीहरुले । सार्वजनिक सडकमै उनीहरुले एउटा सिलिण्डरको ग्यास अर्को सिलिण्डरमा भर्दै बेच्न थालेका छन् ।
बिराटनगरमा पुग्दा तपाईंले सडकमै ग्यासको ‘मिनी बोटलिङ प्लान्ट’ देख्न पाउनुहुन्छ । सडकमा भारतीय सिलिन्डरको ग्यास सहजै नेपाली सिलिन्डरमा पल्टी गरिएको (खन्याइएको) दृश्य रोचक लाग्न सक्छ । तर, यो निकै जोखिमपूर्ण छ ।
नाकाबन्दीले ग्यासको अभाव चर्किएका बेला आम नागरिकलाई ठग्न ग्यासका कालोबजारियाहरु अनेक बुद्धि लगाउन थालेका छन् । तर, कालोबजारी गर्न गरिएको यो काम कति असुरक्षित छ भन्ने स्थानीयलाई चेतना छैन । प्रहरी पनि यसलाई अनदेखा गरेर बसेको छ ।
बिराटनगरमा अहिले ग्यासको खुलेआम कालोबजारी फस्टाएको छ । बसपार्क क्षेत्रमा खुला ठाउँमै एउटा सिलिण्डरको ग्यासलाई पल्टी गरेर अर्को सिलिण्डरमा खन्याउँदै धमाधम कालोबजारी भइरहेको छ ।
समान्य प्रविधि अपनाएर ग्यास अर्कोमा भर्नु जोखिमपूर्ण र असुरक्षित कार्य हो । यसरी ग्यास अर्को सिलिण्डरमा खन्याउँदा कुनै दुर्घटना भएमा आगलागीको सम्भावना अत्यधिक हुन्छ ।
सामान्य फलामको पाइपको सहायतामा एउटा सिलिण्डरबाट अर्को सिलिण्डरमा ग्यास भरिहेको दृश्य बिराटनगरका सडकमा सामान्य बनेका छन् ।
राजधानीबाट आएको एक गिरोहले समेत अवैध भारतीय ग्यासका सिलिण्डरलाई नेपाली सिलिण्डरमा भरिरहेको देख्न सकिन्छ । यसलाई उनीहरुले काठमाडौं पुर्‍याएर निकै महंगो मूल्यमा बेच्ने गरेका छन् । यसमा काठमाडौंबाट आएका महिलाको समुह पनि सक्रिय छ ।
खुल्ला स्थानमा प्रज्वलनशील ग्यास अवैध र असुरक्षित रुपमा रुपमा भरिरहेको जानकारी भए पनि प्रहरीले कुनै वास्ता गरेको छैन ।
ग्यास खन्याउने काममा संलग्न गिरोह होटलमा बसेर कालोबजारी गरिरहेको स्थानीय बताउँछन् । उनीहरुले यसरी ग्यास भरिएका सिलिण्डर बसमार्फत राजधानी लैजाने गरेका छन् । काठमाडौंमा ती सिलिन्डर ६ हजारदेखि ७ हजार रुपैयाँसम्म बिक्री हुन्छ ।
अहिले बिराटनगरमै पनि ग्यासको अभाव छ । तर, कालोबजारीमा ग्यास किन्न भने प्रशस्तै पाइन्छ ।
प्रहरीले भने खुला स्थानमा ग्यास पल्टी गर्नेलाई कारवाही हुने बताएको छ । ‘जथाभावी पल्टी गरी ग्यास भर्न अनुमति कसैलाई छैन । यस्तोमा संलग्नलाई कारवाही गरिनेछ’, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमोद खरेलले भने ।
भिडियो
- See more at: http://www.onlinekhabar.com/2016/01/370962/#sthash.2Y2wsdM2.dpuf

No comments:

Post a Comment