गोरिल्लाले दियो विश्वलाई यस्तो भिडियो सन्देशः ‘मानिस बेवकुफ हो’भिडियो सहित
पृथ्वीको पर्यावरणमा खलल पूराउने दुष्कर्ममा मानिसको हात छ । तर पर्यावरण बिगार्नुमा जिम्मेवार मानिस हो भन्ने कुरा केवल मानिस बाहेक अरु कुनै जिव तथा वनस्पतीले भन्न सक्दैनन् अनि मानिसको अत्याचार सहिरहेछन् । तर सायद अब जनावरले पनि विद्रोह गर्न सुरु गरेछन् क्यारे, मानिस विरुद्ध । एउटा अमेरिकी गोरिल्लाले मानिसमाथि कडा आरोप वर्षाउँदै पृथ्वी बचाउन आह्वान गर्दै एउटा मार्मिक सन्देश जारी गरेको छ ।
अमेरिकाको क्यालिफोर्नियास्थित एउटा चिडियाखानामा रहेको कोको नामको गोरिल्लाले पृथ्वीको पर्यावरण संरक्षणका लागि सन्देश जारी गरेको हो । मानिससँग सांकेतिक भाषामा कुराकानी समेत गर्न सक्ने यो गोरिल्लाले विश्वलाई सन्देश दिँदै मानिसलाई बेवकुफको संज्ञा दिएको छ । कोकोको यो सन्देशलाई नव वर्ष २०१६ को सबैभन्दा महान सन्देश भनिएको छ ।
३८ शव्दको यो भिडियो सन्देशमा कोकोले भनेको छ की मानिस कस्तो बेवकुफ छ । उसले धर्तीलाई नोक्सान पूराइरहेको छ । ६० सेकेण्डको उक्त भिडियोमा ४४ वर्षको उक्त गोरिल्लाले भेनको छः म गोरिल्ला हुँ । म मुर्ख हुँ, जनावर हुँ । म प्रकृति हुँ । कोकोले मानिसलाई माया गर्छ । पृथ्वीले कोकोलाई माया गर्छिन् र मानिस बेवकुफ छ । कोको सरी, कोको क्राइ । पृथ्वीको दुखलाई बुझ, उसको समस्याको समाधान गर । पृथ्वीलाई बचाउ, इश्वरले तिमीलाई हेरिरहेका छन् ।
यो भिडियो सन्देशलाई फ्रान्सको एनआइ कन्जरभेसन नामक संगठनले तयार गरेको हो ।
यो संस्थाले वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेको छ । कोको १९७९ देखि क्यालिफोर्निया चिडियाखानामा बस्दै आएको छ । यो पोथी गोरिल्लाले अमेरिकी सांकेतिक भाषाका २ हजार शव्द बुझ्न सक्छ । यसका साथै उसले अंग्रेजीका १ हजार शव्द पनि सजिलैसँग बुझ्दछ ।
क्यालिफोर्निया गोरिल्ला फाउण्ड्सनका प्रवक्ताका अनुसार आफ्नो विलक्षण प्रतिभाका कारण कोकोले सांकेतिक भाषाको माध्यमबाट मानिससँग कुराकानी गर्न सक्छ । विश्वमा खतराको सामना गरिरहेका संकटापन्न प्रजातिहरुका लागि कोको एक सद्भावना दूतको रुपमा काम गरिरहेको छ ।

No comments:
Post a Comment