Thursday, December 31, 2015

सेल्फी स्टिक : आत्मरक्षाको नयाँ हतियार (भिडियो)

सेल्फी स्टिक : आत्मरक्षाको नयाँ हतियार (भिडियो)
CEN_SelfieStick_07.jpg
अहिले सेल्फी स्टिकको प्रयोग विश्वव्यापी रुपमा बढ्दै गएको छ । रसियाको एउटा स्पोर्टस स्कुलले यही कुरालाई ध्यानमा राखेर नयाँ कक्षा शुरु गरेको छ । मस्कोमा रहेको यस स्कुलले कम्ब्याट क्लासमा सेल्फी स्टिकलाई कसरी आत्मरक्षाका लागि प्रयोग गर्ने भन्ने सिकाउँछ । एमप्रोफी स्पोर्टस् सेन्टरले आफ्नो अनलाईनमा उल्लेख गरेको छ ।
संसारमा पर्यटकमाथि दुव्यवर्हार गर्ने क्रममा बढ्दो छ र आत्मरक्षाका लागि अब पर्यटकले बोक्ने सामान यही सेल्फी स्टिक मात्रै बाँकी छ । महगोँ स्मार्टफोनमा फोटो खिच्दै हिडेँका पर्यटकहरु सधैँ लुटेराको निशानामा हुनसक्छन् । त्यसैले उनीहरुले आत्मरक्षाका लागि यही स्टिक प्रयोग गरेर त्यस्ता खराब व्यक्तीलाई परास्त गर्नसक्छन् ।
यो सेल्फ डिसेन्स क्लासलाई एशोसियसन अफ सेफ सेल्फिज नामक समूहले पनि सहयोग गरेको छ । केवल ५ वटा प्रशिक्षण लिएपछि कसरी सेल्फी स्टिकको प्रयोग आत्मरक्षाका लागि र्ने भन्ने सम्बन्धमा स्पष्ट थाहा हुने एमप्रोफीका प्रवक्ताले बताएका छन् । यो सेल्फी डिफेन्स आर्ट बक्सिंग, रेस्लिग र मार्सल आर्टस्बाट प्रभावित छ ।

No comments:

Post a Comment