Tuesday, December 22, 2015

पेट स्वस्थ हुने मानिसको निद्रामा पनि तौल घट्छ



पेट स्वस्थ हुने मानिसको निद्रामा पनि तौल घट्छ


sleepसुन्दा अचम्म लाग्नसक्छ । तर सत्य के हो भने सुतेको बेलामा पनि मानिसको सरीरको तौल घट्दछ वा वजन नियनत्रण भैरहेको हुन्छ । तर यसको लागि मानिसको पेट स्वस्थ हुनुपर्ने शोधकर्ताहरुले ठहर गरेका छन् ।
अमेरिकाको इओवा विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार पेट स्वस्थ हुने व्यक्तिको पेटमा हुने उपयोगी सुक्ष्म जिवहरुले मानिस सुतेको बेलामा समेत आफ्नो काम गरिरहेका हुन्छन् र मानिस सुतेको बेला समेत उर्जा दहन भैरहेको हुन्छ । जसका कारण मानिसको सरीरमा रहेको अतिरिक्त उर्जा खपत हुन्छ र जिउ बढि मोटो हुन पाउँदैन ।
तर पेट गडबड भएका मानिसहरुको हकमा भने पेटमा हुने ब्याक्टेरिया तथा अन्य सुक्ष्म जिवहरुमा अस्वस्थकर परिवर्तन आउने र त्यसबाट मानिस सुतेको बेलामा क्यालोरी दहन भएर तौल घट्नुको साटो उल्टै तौल बढ्ने तथ्य शोधकर्ताहरुले पत्ता लगाएका छन् ।
यो शोधको निष्कषले मानिसको बढ्दो मोटोपनाको उपचारमा नयाँ उपचार विधिको खोजीका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ ।
gastro  (1)
मुख्य शेाधकर्ता डाक्टर जोन किर्बीका अनुसार निद्राको बेलामा समेत सरीरको उर्जा दहनका लागि पेटमा हुने व्यक्टेरियाहरु मुख्य जिम्मेवार हुन्छन् ।
सरीरमा हुने विभिन्न खाले संक्रमण तथा औषधिको सेवनका कारणले पेटमा हुने ब्याक्टेरिया तथा उपयोगी अन्य सुक्ष्म जिवको सन्तुलन तथा प्रकारमा ठूलो प्रभाव पर्ने र यसले समग्रमा मानिसको सरीरमा उर्जा दहन तथा वजन सन्तुलनमा असर पार्ने तथ्य शोधकर्ताहरुले पत्ता लगाएका हुन् ।

No comments:

Post a Comment